समाचार

जाने होइन सुर्खेत हुँदै कैलाली ?

२०७१ माघ ४ गते ७:५२

वीरेन्द्रनगर, ४ माघ । पश्चिम सुर्खेत हुँदै कैलालीसम्म पहिलोपटक सडक सेवा पुगेको छ । केही वर्षदेखि निर्माण कार्य थालिएको सो सडकमा शनिबार औपचारिक रुपमा डिभिजन सडक कार्यालयको बा१झ नम्बरको जिप गुडेको छ । सडक कार्यालय सुर्खेतको टोली संयुक्त रुपमा सडक निरीक्षण गर्न पश्चिमको बाटो...

बालबालिकाको नाम बेचेर चिल्लो कार…

२०७१ माघ ४ गते ७:११

सुनसरी, ४ माघ– सुनसरीमा बालबालिका र दैवी प्रकोपसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका भए पनि प्रभावकारिता शून्यजस्तो रहेको सरोकारवालाले गुनासो गरेका छन् । जिल्लाका बालबालिकाले गैरसरकारी संस्थाहरुले आफ्नो नाम बेचेर केही पहुँचवालाहरुले खाएको आरोप लगाएका छन् । जिल्लाका १४ गाविसका बालबालिकाले युनाइटेड मिसन टु नेपाल,...

राप्रपा नेपालको संविधानसभा घेराउ

२०७१ माघ ४ गते ६:५९

काठमाण्डु, ४ माघ– संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले संविधानसभा घेरेको छ । नयाँ बानेश्वरमा राप्रपका कार्यकर्ताले हिन्दू राज्यको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन् । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको विरोध गर्दै आएको राप्रपा नेपालले संघीयताले देश टुक्रने भन्दै हिन्दू राज्य सापेक्ष मुलुक हुनुपर्ने माग...

दुर्घटनामा दुईको मृत्यु

२०७१ माघ ४ गते ६:४४

झापा, ४ माघ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोड नगरपालिका १ स्थित चारपाने सडकखण्डमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ४० वर्षीय चन्द्र रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई भारतीय नम्बर प्लेटको आरजे ०७...

एक वर्षमा एक अर्ब ६८ करोड सापटी !

२०७१ माघ ४ गते ६:२७

विराटनगर, ४ माघ– कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०७०÷७१ को अवधिमा १६ हजार पाँच सय २५ सञ्चयकर्तालाई एक अर्ब ६८ करोड २० लाख विशेष सापटी कर्जा वितरण गरेको जनाएको छ । सो अवधिमा आवास कर्जा लिने तीन हजार एक सय ९३...

कांग्रेस–एमालेले जनआन्दोलनको उपलब्धि बचाउन सकेनन् : महरा

२०७१ माघ ४ गते ६:२६

काठमाण्डु, ४ माघ– एमाओवादी महासचिव कृष्णबहादुर महराले काँग्रेस र एमालेले लोकतन्त्रका लागि योगदान दिएका भए पनि प्राप्त उपलब्धिलाई बचाउन नसकेको दाबी गरे । महासचिव महराले विगतको घटनाक्रमको फेहरिस्त प्रस्तुत गर्दै दशवर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई स्थापित गर्नका लागि नयाँ संविधान बनाउन...

खिलराजले मागे माघ ८ मै संविधान

२०७१ माघ ४ गते ५:१३

काडमाण्डु, ४ माघ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले यही माघ ८ गतेभित्रै संविधान जारी गर्नुपर्ने बताएका छन् । जेसिआई सिद्धार्थ नेपालको ४०औँ पदस्थापन समारोहलाई भैरहवामा सम्बोधन गर्नेक्रममा पूर्वअध्यक्ष रेग्मीले जनादेशअनुरुप सम्पूर्ण दल जिम्मेवार बनेर तोकिएको समयभित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिए । उनले दलहरुले समयमा संविधान...

शर्माको खोजीमा सशस्त्र प्रहरी परिचालन

२०७१ माघ ४ गते ३:००

 रसुवा, ४ माघ–त्रिशूली नदीमा बिहीबारदेखि हराइरहेका वातावरणविद् रामकुमार शर्माको खोजीमा थप मद्दत पु¥याउन शनिबार अपराह्नदेखि सशस्त्र प्रहरीको गोताखोरलाई  परिचालन गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाका प्रमुख जीवन केसीका अनुसार माघ १ गते हाकु–३ हाकुबेसी झोलुंगेपुल नजिकबाट नदीमा परेका काठमाण्डु कोटेश्वर निवासी...

अंश माग्दै बाबु कुट्ने छोरी प्रहरी खोरमा

२०७१ माघ ४ गते २:५४

इलाम, ४ माघ– अंशको विषयलाई लिएर एकापसमा भनाभन हुँदा आफ्नै छोराले वृद्ध बाबुलाई कुटपिट गरी घाइते बनाएका छन् । घाइते हुनेमा इलाम सोयाङ–६ सञ्जेल गाउँ निवासी ७२ वर्षीय खगेश्वर चापागार्इं छन् । उनलाई दुई दिनअघि साँझको समयमा अंशका विषयमा भनाभन हुँदा ३५ वर्षीय छोरा...

काँग्रेस-एमालेलाई ज्ञानेन्द्रसँग तुलना गर्दै प्रचण्डले भने, संविधानसभाभित्रै मुठभेड हुन्छ

२०७१ माघ ३ गते १४:३७

ललितपुर, ३ माघ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ काँग्रेस-एमालेले विपक्षीलाई पेलेर गणितीय बलमा संविधान जारी गर्न खोजे संविधानसभाभित्रैबाट मुठभेड सुरु हुने चेतावनी दिएका छन् । नागरिक अगुवाहरुसँग ललितपुरमा शनिबार भएको एक कार्यक्रममा उनले काँग्रेस-एमाले मुलुकप्रति जिम्मेवारी नरहेको र उनीहरुले द्वन्द्व निम्त्याउन चाहेको बताए...

राष्ट्रपति निवासमा नेताहरुको ओहोरदोहोर र सक्रियता बढ्यो

२०७१ माघ ३ गते १३:२७

काठमाण्डु, ३ माघ– दलहरुले आफै तोकेको संविधान निर्माणको मिति नजिकिँदै गर्दा राष्ट्रपतिको सक्रियता बढ्दै गएको छ । राष्ट्रपति रामवरण यादवले शनिबार प्रमुख दलका शीर्ष नेतालाई निवासमा बोलाएर छलफल गरेका छन् । राष्ट्रपति यादवले संविधान निर्माणका क्रममा भइरहेका ढिलाइ र विवादका विषयमा चासो व्यक्त गर्दै...

जबर्जस्ती बहुमतीय प्रक्रियामा नजान विपक्षी सभासदको जोड

२०७१ माघ ३ गते १३:००

काठमाण्डु, ३ माघ– संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिने विपक्षी सभासद्ले सहमतिको मार्ग नछाड्न आग्रह गरेका छन् ।   उनीहरुले शान्ति सम्झौताको मर्मलाई बिर्सेर बहुमतको आडमा पेलेर जबर्जस्ती प्रक्रियामा नजान ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सत्तारुढ दलका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us