समाचार

माओवादीले संघर्षका कार्यक्रम सार्बजनिक गर्दै

२०७० पुष १ गते ४:४५

काठमाण्डु, १ पुस– नेकपा–माओवादीले एक साता लामो केन्द्रीय समिति बैठकले गरेका निर्णय सोमबार सार्बजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित राज्य समितिको कार्यालयमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी माओवादीले निर्णय सार्बजनिक गर्न लागेको हो । दोस्रो संविधानसभा निर्वाचन बहिष्कारपछि बसेको केन्द्रीय समिति बैठकले सडक आन्दोलनको...

बस्ती हटाउने निर्णयविरुद्ध सुकुम्वासी आन्दोलित

२०७० पुष १ गते ४:२४

इटहरी, १ पुस–सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरको दुवैतिर बसेको बस्तीलाई हटाउने निर्णय गरेर आफ्नो स्वामित्वको जमिन छुट्याएपछि सुकुम्वासीले त्यसको कडा विरोध गर्दै आयोजनाको निर्णयविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । बस्ती बसोबास मूल संघर्ष समिति नै बनाएर नहरको दायाँबायाँ घर बनाएर बस्दै आएका सुकुम्वासीले...

लिम्बू समुदायमा उधौलीको रौनक

२०७० पुष १ गते ४:२२

इटहरी, १ पुस–प्रकृति पुजक लिम्बू समुदायको जातिगत परम्पराअनुसार नयाँ अन्न चढाएर मात्र खाने जातीय संस्कार सुरु भएको छ । लिम्बू समुदायको चासोक तङ्नामका नामले परिचित यो धार्मिक संस्कारमा लिम्बू समुदायका युवायुवतीदेखि वृद्धवृद्धासमेत धाननाच नाचेर यो पर्वमा खुसियाली साटासाट गर्ने चलन रहेको छ । यही...

छ दिनपछि सकुशल अपहरणमुक्त

२०७० पुष १ गते ४:१८

गौशाला, १ पुस–महोत्तरीको सोनमा गाविस–५ बस्ने २० वर्षीय सुशील यादव ६ दिनपछि सकुशल अपहरणमुक्त भएका छन् । अपहृत यादवलाई परिवारजन तथा महोत्तरी प्रहरीको संयुक्त प्रयासमा सर्लाही जिल्लासँग जोडिएको भारतको सीतामढी जिल्लाअन्तर्गत पर्ने सोनबरसा बजारबाट अपहरणमुक्त गराइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।...

निःशुल्क पार्किङको व्यवस्था स्थगित

२०७० पुष १ गते ४:१३

काठमाण्डु, १ पुस– काठमाण्डुमा गरिने भनिएको निःशुल्क पार्किङको व्यवस्था तत्कालको लागि स्थगित भएको छ । काठमाण्डु महानगरपालिकाले नगरका बिभिन्न स्थानमा गर्दै आएको सशुल्क पार्किङको व्यवस्था हटाएर पुस १ गते सोमबारदेखि निःशुल्क गराउने निर्णय गरेको थियो । तर, पार्किङबाट शुल्क लिदै आएका बिभिन्न क्लब तथा...

सभासद बन्न व्यापारीहरुबीच खुट्टा तानातान

२०७० पुष १ गते ३:३०

विराटनगर, १ पुस–दलहरुले निर्वाचन आयोगमा समानुपातिक उमेदवारको अन्तिम नामावली सिफारिस गर्ने दिन नजिक आउँदै गर्दा विराटनगरका उद्योगी व्यवसायीहरुबीच एकअर्काको खुट्टा तान्ने काम तिब्र भएको छ । समानुपातिक सूचीमा परेका ठूलादेखि साना दलका माडवारी समुदायका उमेदवारहरु यतिबेला एकले अर्कोलाई खुइल्याउने अभियानमा जुटेका छन् । राजनीतिक...

सप्तरीमा मिसन घाँस कार्यक्रम सुरु

२०७० पुष १ गते ३:१५

सप्तरी, १ पुस–हरियो घाँस उत्पादनमार्फत पोषणयुक्त घाँसको आभावमा कमी ल्याउँदै दूध तथा मासुजन्य पदार्थको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यका साथ सप्तरीमा व्यावसायिक घाँस मिसन कार्यक्रम सुरु भएको छ । राष्ट्रिय घाँस मिसन कार्यक्रमअन्तर्गत जिल्ला पशु सेवा कार्यालय सप्तरीले सप्तरीको घाँस उत्पादनका लागि बीउ वितरणका साथै...

काँग्रेसमा समानुपातिक सभासद छान्ने प्रयास जारी

२०७० पुष १ गते २:०५

काठमाण्डु, १ पुस– नेपाली काँग्रेसले समानुपातिक सभासद चयनको प्रयास सोमबार पनि जारी राखेको छ । सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवापक्षबीच विवाद भएपछि काँग्रेसले सभासदको अन्तिम सूची तयार पार्न सकेको छैन । पार्टी कार्यालय सानेपा ललितपुरमा सोमबार बस्ने संसदीय समितिको बैठकमा निर्वाचन...

रौतहटको दलित विद्यालयमा तालाबन्दी

२०७० पुष १ गते १:४३

गौर, १ पुस–विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै व्यवस्थापन समितिले बिहीबारदेखि अनिश्चितकालीन गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । गौर नगरपालिका–१३ सिर्सियास्थित दलित समुदाय प्राथमिक विद्यालयमा प्रधानाध्यापक राजेन्द्र हजराले विभिन्न शीर्षकमा लाखौँ रुपैयाँ अनियमितता गरेको आरोपमा व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्दर पासवानले विद्यालयमा गरेको तालाबन्दी अझै...

देशमा अनिष्टको सङ्केत, भीमसेनको शिलामा पसिना

२०७० मंसिर ३० गते १७:५८

दोलखा, ३० मंसिर–प्रसिद्ध दोलखाको भीमेश्वर मन्दिरको शिलामा आइतबार दिउँसो करिब दुई घण्टा पसिना आएको छ । भगवान भीमसेनको शिलामा सात वर्षपछि फेरि पसिना आएको हो । ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने बताइएको छ । भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा...

रेग्मी सरकार छउन्जेल उच्चस्तरीय समिति रहने

२०७० मंसिर ३० गते १४:२३

काठमाण्डु, ३० मंसिर– नयाँ सरकार गठन नहुँदासम्म उच्चस्तरीय राजनीतिक समिति कायम रहने सहमति भएको छ । आइतबार साँझ बसेको समितिको बैठकले अन्य विषयमा कुनै निश्कर्ष ननिकाले पनि राजनीतिक समितिलाई भने निरन्तरता दिएको छ । बैठकले लिराज रेग्मीको सरकार रहुन्जेल राजनीतिक समिति जरुरी रहेको निश्कर्ष...

सभासदलाई संविधान लेख्न तालिम दिइने

२०७० मंसिर ३० गते १४:०१

काठमाण्डु, ३० मंसिर–  नवनिर्वाचित संविधानसभा सदस्यलाई संविधान, ऐन, नियम, परिपत्रको पालना तथा स्वयम् सभासदले निर्वाह गर्नुपर्ने भूमिका र दायित्वबारेमा व्यवस्थापिका–संसद सचिवालयले प्रशिक्षित तुल्याउने भएको छ । मुलुकको मूल कानुन संविधान लेखनका लागि संविधानसभामा प्रवेश गर्ने सभासदलाई संविधानसभा, मातहतका समिति र व्यवस्थापिका–संसदका काम कारबाही तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us