काठमाण्डु, २८ मंसिर–वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले आयल निगमको भविष्यका लागि वर्तमान सरकार जस्तो सुकै अप्रिय निर्णय गर्न पछि नपर्ने बताएका छन् । वाणिज्य मन्त्रालयको चौमासिक समीक्षा बैठकमा अर्थमन्त्री समेत रहेका कोइरालाले गरिब, दुःखी जनताले तिरेको राजस्वलाई न्याय गर्न पनि कठोर निर्णय लिनुपर्ने...
काठमाण्डु, २८ मंसिर–नगरकोटको होटल भ्यु प्वाइन्टमा दुई चिनियाँ पर्यटक मृत अवस्थामा भेटिएका छन् । चिनियाँ पर्यटकको टोलीमै आएका पर्यटकमध्ये ५५ वर्षीय चिन डन मिस्टर एर र ६२ वर्षीय साइ हङ्युन मिस्टर एर एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् । बिहीबार राति खाना खाएर...
घोराही, २८ मंसिर–दाङको सौडियार गाविसको ९ वटै वडा जोड्ने तल्लो दामोदर रोडको कम्दा खोलामा यस बर्ष कल्भर्ट बन्ने भएको छ । जिल्ला बिकास समिति दाङको १० लाख रुपैया र स्थानिय उपभोक्ताको करिव २ लाखको जनश्रमदानबाट कल्भर्ट बन्न लागेको हो । सदरमुकाम घोराहीसँग जोडिएको गाविस...
गुलरिया, २८ मंसिर–पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको चिसापानी नजिक शुक्रबार विहान यात्रु बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । पोखराबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ४५३४ नम्बरको बस बर्दिया राष्ट्रिय निकुन्ज स्थित चिसापानी पुल नजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते...
गोरखा, २८ मंसिर–गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ गाविसमा मोबाइल फोन सेवा सञ्चालन भएको छ । सो गाउँमा सिडिएमए मोबाइल सेवा सुरु भएकोे नेपाल टेलिकम शाखाले जनाएको छ । स्याटलाइट लिङ्कको माध्यमबाट त्यहाँ मोबाइल सेवा सुरु गरिएको टेलिकम शाखा प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी...
काठमाण्डु, २८ मंसिर–पर्सा र मोरङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पर्साको जितपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वीरगन्ज श्रीपुरका ३० वर्षीय ऋषी दासको मृत्यु भएको छ । तीव्र गतिका कारण दुर्घटना परेका दासको गएराति उपचारको क्रममा नेशनल मेडिकल कलेज...
काठमाण्डु, २८ मंसिर– नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन अस्पष्ट भएको भन्दै केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाबारे स्पष्ट पार्न माग गरेका छन् । संघर्षको लागि उपयुक्त वातावरण बनेको उनीहरुको ठहर छ । संविधानसभा यथास्थितिवादीको हातमा...
खलङ्गा, २८ मंसिर–दार्चुलाको कालापानी तथा बैतडीका सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती बढाएको छ । एसएसबीले आफ्नो स्वर्ण वर्षगाँठको अवसर पारी दार्चुलाको कालापानी, बैतडीको हल्दुघाट लगायतका ठाउँमा गस्ती बढाएको हो । एसएसबीको पाँचौं वाहिनीका उपसेना नायक यतेन नेगीका अनुसार सीमा...
काठमाण्डु, २७ मंसिर–निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई समानुपातिक निर्वाचन प्रणाली तर्फ विजयी उम्मेदवारको नामावली केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पेश गर्न पत्राचार गरेको छ । विजयी उम्मेदवारको नाम दल दर्ता गराउँदा कायम रहेको केन्द्रीय कार्यसमितिको बैठक बमोजिम नै हुनुपर्नेमा त्यसो गरेको नपाइएकोले आगामी...
काठमाण्डु, २७ मंसिर–अपाङ्गता नभएकाहरुले विशेष सुविधा लिन अपाङ्ग भएको भनी गलत सिफारिस गराउने र सामान्य अशक्ततामा पनि गम्भीर प्रकृतिको अपाङ्गताको परिचयपत्र बनाई संरक्षित कोटाबाट लोकसेवा आयोगको परीक्षामा समावेश हुने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रशासकीय अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । ओखलढुङ्गास्थित महिला...
काठमाण्डु, २७ मंसिर–सरकारले केन्द्रीय कारागारबाट हिजो एक बन्दी भागेको घटना छानविन गर्न समिति गठन गरेको छ । जगन्नाथदेवलस्थित कारागारबाट बन्दी भागेको विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यमा...
सरकारले नेपाल आयल निगमलाई १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सरकार जमानत बसेर कर्मचारी सन्चय कोषबाट ८५ करोड र नागरीक लगानी कोषबाट ८० करोड ऋण रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रबक्ता एवम् सूचना...