समाचार

साहित्यिक पत्रिका ‘पाण्डुलिपि’माथि चर्चा

२०७१ माघ २ गते ६:१०

काठमाण्डु, २ माघ– नेपाली समकालीन साहित्यिक पत्रकारितामा ‘पाण्डुलिपि’ पत्रिकाको भूमिकाबारे मंगलबार राजधानीमा छलफल भएको छ । मार्टिन चौतारीको मंगलबारे अन्र्तक्रियामा ‘पाण्डुलिपि’का आठ अंकसम्मको विषयबारे पनि परिचर्चा भएको हो । ‘सरकारी तवरबाट प्रकाशित पत्रिकासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीमाझ स्तरिय पत्रिका सम्पादन गर्न सक्नु सम्पादकको अद्वितीय खुबी...

सुशील कोइराला र प्रचण्डबीच भेट

२०७१ माघ २ गते ५:५३

काठमाण्डु, २ माघ– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माण प्रक्रियामा सहमतिकै आधारमा अघि बढ्नुपर्ने आग्रह गरेको उनका स्वकीय सचिव...

दुई किलो चाँदीसहित एक पक्राउ

२०७१ माघ २ गते ३:४६

पर्सा, २ माघ– प्रहरीले करिब दुई किलो चाँदीसहित एक जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीको विशेष टोलीले बाराको इटियाही–७ का आत्माराम साहलाई पक्राउ गरेको हो । चाँदी लिएर भारतको रक्सौलतर्फ जाँदै गरेका साहलाई वीरगन्ज उपमहानगरपालिका–१९ शंकराचार्य प्रवेशद्वार नजिकैबाट...

जाजरकोटका कैदीबन्दीलाई चामल अभाव

२०७१ माघ २ गते ३:३७

जाजरकोट, २ माघ– जिल्ला कारागार शाखामा रहेका चार दर्जन कैदीबन्दीलाई खुवाउने चामलको अभाव भएको छ । खाद्य संस्थानले कैदीबन्दीलाई खुवाउने अरुवा मोटो चामल ढुवानी नगर्दा अभाव भएको हो । अहिले जाजरकोट सदरमुकाममा रहेको गोदाममा तीन क्विन्टल अरुवा मोटो चामल मात्र मौज्दात रहेको छ ।...

बुटवलमा क्यासिनोमा छापा मार्दै प्रहरी

२०७१ माघ २ गते ३:२५

बुटवल, २ माघ– रुपन्देही भैरहवास्थित दुई ठूला होटलका क्यासिनोमा प्रहरीले गएराति छापा मारेको छ । भैरहवास्थित होटल लाकौल र होटल नान्सको मिनी क्यासिनोमा नेपालीलाई पनि प्रवेश गराई जुवा खेलाउने गरेको आशंकामा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले आकस्मिक रुपमा होटल...

भवन अभावमा खुला आकाशमुनि विद्यार्थी

२०७१ माघ २ गते २:५४

मोरङ, २ माघ– मोरङको कोसी हरैचाको आदर्श प्राविको भवन र डेक्स बेञ्च नहुँदा विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् । वि.सं. २०६६ मा समाजसेवी स्व. आसिकलाल माझीको परिवारले निःशुल्क रुपमा दिएको दुई कट्ठा जग्गामा स्थापना भएको सो विद्यालयमा ७० दलित र आदिवासी जनजाति...

स्वास्थ्यचौकीका लागि १५ लाखको जग्गादान

२०७१ माघ २ गते २:४६

बागलुङ, २ माघ– जिल्लाको दगातुन्डाँडाका एक दम्पतीले स्वास्थचौकीका लागि रु १५ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । बागलुङको दगातुन्डाँडा– ४ का ढालबहादुर खत्री तथा सुमित्रा खत्रीले स्वास्थ्यचौकी भवन निर्माणका लागि भन्दै दगातुन्डाँडा उपस्वास्थ्यचौकीलाई उक्त जग्गा निःशुल्क प्रदान गरेका हुन् । खत्री दम्पतीले चार...

योजना आयोगका पूर्वसदस्य शर्मा त्रिशूलीमा खसेर बेपत्ता

२०७१ माघ २ गते २:२९

रसुवा, २ माघ- राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रामकुमार शर्मा नदीमा डुबेर बेपत्ता भएका छन् । शर्मा बिहीबार रसुवाको हाकु-१ स्थित हाकुवेशीबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । उनको खोजीमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सक्रिय भए पनि अझै फेला नपरेको जिल्ला प्रहरी...

बाबुरामले भने– ‘बालुवाटारमा मैले दलित भान्से राखेको थिएँ’

२०७१ माघ १ गते १४:०७

काठमाण्डु, १ माघ– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलित समस्या समाधानका लागि उनीहरुलाई विशेषाधिकार दिनुपर्ने बताएका छन् । बसन्तबहादुर बागचन्दको दलितमाथिको विभेदसँग सम्बन्धित पुस्तक ‘विमार्जन’को लोकार्पण समारोहमा सभापति भट्टराईले पहिलो संविधानसभाको मौलिक हकसम्बन्धी समितिले दलित अधिकारको विषयमा महत्वपूर्ण काम गरेको...

एमालेले भन्यो– फास्ट ट्र्याकबाट छिटै संविधान ल्याऊँ

२०७१ माघ १ गते १३:०१

काठमाण्डु, १ माघ– नेकपा एमालेले संविधान निर्माणमा द्रुत मार्ग अवलम्बन गर्न पुनः जोड दिएको छ । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले संविधानसभा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले असहमतिसहितको प्रतिवेदन बुझाएकाले अब अनौपचारिक रुपमा सहमतिको प्रयासका साथै संविधान निर्माणको प्रक्रियालाई तीव्र बनाउन जोड दिएको...

हुन्छ त सुदूर पश्चिममा स्वास्थ्य प्रतिष्ठान स्थापना ?

२०७१ माघ १ गते १२:३२

काठमाण्डु, १ माघ– हालसम्म कुनै पनि चिकित्सासम्बन्धी कलेज स्थापना हुन नसकेको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना हुने भएको छ । सुदूर पश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि तत्काल कार्य अघि बढाउन माग गर्दै पुगेको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री निवास...

मातृका यादवको नेतृत्वमा मधेस आन्दोलनको नयाँ समिति

२०७१ माघ १ गते १२:१०

पर्सा, १ माघ– माओवादी नेता तथा पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति गठित भएको छ । समितिको संयोजक रहेका यादवले नयाँ नेपाल निर्माण गर्न माओवादी, जनजाति र मधेसीको एउटै बनाउनुपर्नेमा जोड दिएका छन् । समितिले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us