समाचार

ट्रिपरको ठक्करबाट बालकको मृत्यु

२०७० मंसिर २६ गते ५:२८

तौलिहवा, २६ मंसिर–कपिलबस्तुको चन्द्रौटामा ट्रिपरको ठक्करबाट बुधबार विहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरपुर–९ का पाँच बर्षीय कपील भण्डारी रहेका छन् । लु १ ख ५३९९ नम्बरको ट्रिपरले स्कूल जाँदै गरेका भण्डारीलाई ठक्कर दिएको थियो ।...

हात्तिको आक्रमणबाट बाबु-छोराको मृत्यु

२०७० मंसिर २६ गते ५:२२

गौर, २६ मंसिर–रौतहटको लक्ष्मीनियाँ गाविस ९ गुटुवा टोलमा हात्तिको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोविन्द गिरी र उनका छोरा सुमन रहेका छन् । घरमा सुतिरहेकोबेला जंगलबाट आएका हात्तिले उनीहरु बाबु–छोरालाई आक्रमण गरेको थियो ।...

बस दुर्घटनामा १२ जना घाइते

२०७० मंसिर २६ गते ५:२०

कावासोती, २६ मंसिर–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गलमा मंगलबार राती बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये आठजनालाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । सामान्य घाइते चार जनाको भने मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ । बाँकेको नेपालगन्जबाट काठमाण्डुका लागि...

वृद्धवृद्धाले बनाए सडक

२०७० मंसिर २६ गते ५:०८

म्याग्दी, २६ मंसिर-म्याग्दीको ताकम गाविस–७ हिलापोखरीका वृद्धवृद्धा दम्पतीले व्यक्तिगत लगानीमा दुई किलोमिटर सडक निर्माण गरेका हुन् । हिलापोखरी घर भई हाल पोखरा नदीपुर बस्ने रेशम पुन र उनकी श्रीमती बनिकाको तीन लाख रुपैयाँ लगानीमा ताकम–३ किमचौरदेखि हिलापोखरी गाउँ पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिले...

सशस्त्र प्रहरी जवान पक्राउ

२०७० मंसिर २६ गते ३:२५

चन्द्रनिगाहपुर, २६ मंसिर–सदरमुकाम गौरमा मंगलबार साँझ एक कानुन व्यवसायीलाई कुटपिट गर्ने सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी कानुन व्यवसायी लालबाबु यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी जवान कृष्ण पौडेल पक्राउ परेका हुन् । साँझ साढे ७ बजे सशस्त्र प्रहरीका जवान...

कास्की कारागारमा पानी अभाव

२०७० मंसिर २६ गते ३:१७

पोखरा, २६ मंसिर–पोखराको पार्दीमा रहेको जिल्ला कारागार कास्कीमा अहिले खानेपानीको अभावले  कारागारका बन्दी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । खानेपानी संस्थानबाट जोडिएको धारामा कहिलेकाहीँ मात्र पानी आउने हुनाले बजेट नहुँदा नहुँदै पनि दैनिक दुई ट्याङ्कर पानी किनेर खानुपर्ने बाध्यता आइपरेको निमित्त जेलर विष्णुप्रसाद...

आज प्रचण्डको जन्मदिन

२०७० मंसिर २६ गते २:००

काठमाण्डु, २६ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबारबाट ५९ औं वसन्त पूरा गरेका छन् । उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस -२ लेवाडेमा भएको थियो । जन्मदिनका अवसरमा प्रचण्ड निवास लाजिम्पाटमा कुनै कार्यक्रम भने राखिएको छैन ।...

सहमतिमा अघि बढ्ने काँग्रेसको प्रतिबद्धता

२०७० मंसिर २५ गते १७:०१

काठमाण्डु,२५ मंसिर-नेपाली काँग्रेस संसदीय समितिको मंगलवार बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच पछिल्लो समयमा भएका द्विपक्षीय त्रिपक्षीय वार्ता र पार्टीले आगामी दिनमा लिने रणनीतिका बारेमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवासहित संसदीय समितिका...

पूर्वराजा ज्ञानेन्द्र नयाँदिल्ली जाँदै

२०७० मंसिर २५ गते १६:५३

काठमाण्डु, २५ मंसिर–संविधानसभा निर्वाचन पछि दलहरुबीच शक्ति बाँडफाँटको गृहकार्य जारी रहेकोबेला पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् । उनी तीन साता लामो भ्रमणको लागि नयाँदिल्ली जान लागेका हुन् ।...

नबिल बैंकको २ करोड ३० लाख लुटियो,२० जना प्रहरीको नियन्त्रणमा

२०७० मंसिर २५ गते १६:१२

धनगढी, २५ मङ्सिर -नेबिल बैंक लिमिटेड महेन्द्रनगर शाखाको जिप नियन्त्रणमा लिई रकम लुटपाट भएको घटनामा छानबिनका लागि प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । जिपमा रहेका बैंकका कर्मचारीसहित घटनास्थल आसपासका २० जनालाई छानबिनका लागि नियन्त्रणमा लिइएको क्षेत्रीय प्रहरी कार्यालय दीपायलका प्रहरी नायब महानिरीक्षक नारायण...

कमल थापा बिरुद्ध १८ नेताको उजुरी

२०७० मंसिर २५ गते १५:४८

काठमाण्डु, २५ मंसिर -काठमाण्डु २५ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालभित्र समानुपातिक सभासदको नाम सिफारिसका विषयमा विवाद चर्कदै गएको छ । अध्यक्ष कमल थापाले एकलौटी रुपमा, पार्टीको विधान विपरित सभासद्को रुपमा आफू निकटका नेताहरुको नाम सिफारिस गरेको भन्दै असन्तुष्ट केन्द्रिय पदाधिकारी सहित १८ जनाले निर्वाचन...

गगन थापाले गरे त्यागका कुरा

२०७० मंसिर २५ गते १५:२५

काठमाण्डु, २५ मंसिर– काँग्रेस केन्द्रीय सदस्य गगन थापाले लोकतान्त्रिक संविधान निर्माणका लागि आफ्नो पार्टीले जस्तोसुकै त्याग तथा हदैसम्म लचिलो हुन सक्ने बताएका छन् । नेता थापाले नयाँ जनादेशअनुसार संविधान निर्माण तथा सरकार गठनलगायतका विषयमा सहमति आवश्यक रहेको भन्दै भने, ‘काँग्रेस र एमालेको सहकार्यबिना संविधान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us