चितवन, १ माघ– गाँजाखेतीविरुद्ध विशेष अभियान चलाएको चितवन प्रहरीले एक महिनामै साँढे १६ बिगाहामा लगाएको गाँजाखेती नष्ट गरेको छ । पुस महिनामा प्रहरीले पटकपटक गरेर यहाँको विकट क्षेत्र लोथरमा व्यावसायिक रुपमा लगाइएको गाँजाखेती नष्ट गरेको प्रहरी निरीक्षक माधवराज खरेलले जानकारी दिए । गाँजाखेतीविरुद्ध अभियानअन्तर्गत...
नुवाकोट, १ माघ– नुवाकोटको विदुर नगरपालिका वडा नं ८ राइसिङको क्यौरिनी चौतारामा चिर्पट प्रहार गरी गएराति एकको हत्या गरिएको छ । चिर्पट प्रहारद्वारा मृत्यु हुनेमा चारघरे गाउँ विकास समिति वडा नं ८ मूलाबारीका २१ वर्षीय सजित तामाङ रहेका छन् । आपसी विवादका कारण हत्या...
काठमाण्डु, १ माघ– प्रमुख दलका नेता, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर सहमतिमै संविधान ल्याउन सुझाव दिएका संयुक्त राष्ट्रसंघका उपमहासचिव बिहीबार न्युयोर्क फर्केका छन् । राष्ट्रसङ्घका राजनीतिक मामिला हेर्ने जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी फर्केका हुन् । फेल्ट्म्यानले संविधानसभा सहमतिका आधार संविधा ल्याउनका...
जाजरकोट, १ माघ– दिवा खाजा खानाका लागि विद्यालयमा उपलब्ध गराएको प्लेट शिक्षकले प्रयोग गर्दा विद्यार्थी कापी र किताबमा खाना बाध्य छन् । जिल्लाको अधिकांश विद्यालयमा विद्यार्थी कापी र किताबमा दिवा खाजा खाने गरेको खुलासा भएको छ । शिक्षाका लागि खाद्य कार्यक्रमले प्रत्येक विद्यार्थीलाई दिवा...
विराटनगर, १ माघ– औषधि उपचारका लागि बजेटको अभाव कारण मोरङ कारागारका कैदीबन्दीको उपचारमा समस्या देखिएको छ । कारागारका कैदीबन्दीको उपचार र औषधिमा मासिक रु १ लाख २० हजार खर्च हुने गरेकामा सरकारले मासिक ५० हजार मात्र विनियोजन गरेकाले उपचारमा समस्या देखिएको हो । दैनिक...
दार्चुला, १ माघ– राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बुधबार दार्चुला कारागार तथा प्रहरी हिरासतको निरीक्षणपछि कारागारको अवस्था दयनीय रहेको जनाएको छ । देशभर रहेको प्रहरी हिरासत तथा कारागार सुधारका लागि सरकारलाई सिफारिस गर्ने आयोगको उद्देश्यअनुरुप अनुगमन निरीक्षण गरिएको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए ।...
इलाम, १ माघ– नेपाल विद्युत प्राधिकरण इलामले विद्युत महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखेर धमाधम लाइन काट्ने अभियान सुरू गरेको छ । प्राधिकरणले एक हप्तासम्म विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन गरी लाइन काट्ने अभियान सुरू गरेको हो । प्राधिकरणले महसुल नतिर्ने ४ सय २२ ग्राहकको सूची...
प्युठान, १ माघ– सतवरिया–८ रिहारमा आज बिहान बसले ठक्कर दिँदा दुई तीर्थालुको मृत्यु भएको छ । माघे संक्रान्तिको अवसरमा रिहारको बगार बाबा धार्मिकस्थलमा नुहाउन आएका बाँके हिरमोनिया–२ की ४० वर्षीय निया माहुत र उनकी पाँच वर्षीया नातिनी ज्योतीलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको...
चितवन, १ माघ– चितवनको दारेचोक गाविसमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
तारुका, १ माघ- नुवाकोटको तारुकामा आज गोरु जुधाउने मेला हुँदैछ । मेलाको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उदघाटन गर्ने भएका छन् । यसपालि करिब २५ हल गोरु जुधाइने भयारी भएको स्थानीय ज्ञानबहादुर बखरेलले जानकारी दिए । तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने...
नुवाकोट, १ माघ- नुवाकोटको तुप्चे- ८ भैरुमकोटमा एक युवकको गएराति हत्या भएको छ । माघे संक्रान्ति मेला हेर्न गएका जिल्लाको चारघरे ९ खानीगाउँका २१ वर्षीय सतिश तामाङको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । नुवाकोटको नौ कोटमध्ये भैरुमकोटमा हरेक वर्ष माघे संक्रान्तिको अघिल्लो...
काठमाण्डु, ३० पुस- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ को समय तालिका परिवर्तन गरेको छ । प्राधिकरणले सातामा ७५ घण्टा लोडसेडिङ हुने गरी नयाँ समय तालिका सार्वजनिक गरेको हो । यसअघि सातामा ७० घण्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिका ४ माघबाट लागू हुने बताइएको...