समाचार

यादवको पोखरीमा डुबेर मृत्यु

२०७१ पुष २९ गते १२:०४

महोत्तरी, २९ पुस– पोखरीमा डुबेर महोत्तरी गाविसमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी ४ बस्ने मोहन यादवकी २८ वर्षीया पत्नी गुलारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीको छेउमा शौच गर्न गएकी यादवको सोही पोखरीमा डुबेर...

प्रदेश सीमाङ्कन बाहेक सबै कुरा मिल्योः उपाध्याय

२०७१ पुष २९ गते १२:०१

काठमाण्डु, २९ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले राजनीतिक दलहरूबीच संविधानका विवादित अन्तरवस्तुमध्ये प्रदेशको सीमाङ्कन बाहेकका विषयमा सहमति भइसकेको बताएका छन् । लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उपाध्यायले संविधान निर्माणमा देखिएका अधिकांश विषयमा दलहरूबीच औपचारिक/अनौपचारिकरुपमा सहमति भएपनि हाल...

बेरोजगारी अन्त्य गर्न महिलाले थाले पहल

२०७१ पुष २९ गते ११:१०

कञ्चनपुर, २९ पुस– व्यावसायिक क्षमताको विकास गरी स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्न नेपाल सरकारले थालेको सीपमूलक शिक्षा कार्यक्रमको सहाराबाट कञ्चनपुर जिल्लाको दक्षिणी भेगका युवतीले बेरोजगारी अन्त्य गर्ने पहल सुरु गरेका छन् । शिक्षा मन्त्रालयको शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सहयोगमा दक्षिणी क्षेत्रको बेलौरीमा तीन...

३० दलीय मोर्चाको बन्द खुल्यो, यातायात सुचारु

२०७१ पुष २९ गते ११:०९

काठमाण्डु, २९ पुस– एमाओवादी लगायत ३० दलीय मोर्चाको आयोजनामा भएको नेवा–ताम्सालिङ बन्द साँझ चार बजेपछि खुलेको छ । अहिले राजधानीभित्र यातायात सुचारु भएको छ । पहिचानसहितको संघीयता र सहमतिकै आधारमा नयाँ संविधानको माग गर्दै एमाओवादी, मधेसी मोर्चा लगायतका दलहरुले मंगलबार नेवा–ताम्सालिङ क्षेत्रमा आम हड्ताल...

गौशालामा बन्दकर्ताद्वारा भारतीय गाडी तोडफोड

२०७१ पुष २९ गते १०:५७

महोत्तरी, २९ पुस- एनेकपा माओवादीसहित ३० दलीय मोर्चाका कार्यकर्ताहरुले महोत्तरीको जलेश्वर  गौशालामा मङ्गलबार एक भारतीय गाडीमा तोडफोड गरेका छन् । जलेश्वर नगर बन्द गराउँदै हिँडेका कार्यकर्ताले जलेश्वरको मटिहानी चोकमा रोकिराखेको बिआर ०६ एई ३२३२ नम्बरको भारतीय स्कोरपियोमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको...

नारायणकाजीले किन गरे देश बचाउन आव्हान ?

२०७१ पुष २९ गते १०:५६

काठमाण्डु, २९ पुस– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले देश बचाउन र राष्ट्रिय एकता कायम गर्न आव्हान गरेका छन् । श्रेष्ठले आत्मसमर्पणवादी प्रवृत्तिका विरुद्ध सबै देशभक्त शक्ति एकताबद्ध हुनुपर्ने उल्लेख गरेका हुन् । मंगलबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले...

महेश बस्नेतले भने– ‘आन्दोलन विखण्डनकारीको नाटक हो’

२०७१ पुष २९ गते १०:२९

काठमाण्डु, २९ पुस– उद्योगमन्त्री तथा एमाले युवा नेता महेश बस्नेतले एमाओवादीलगायत ३० दलीय मोर्चाको आन्दोलनलाई विखण्डनकारी नाटक भनेका छन् । राजधानीमा भएको साक्षात्कार कार्यक्रममा बस्नेतले यस्तो आन्दोलनलाई जनताले नै असफल बनाइदिने ठोकुवा समेत गरे । सडकमा सम्पूर्ण जनता उतारेर देखाउन चुनौती दिँदै उनले संविधान...

आमाहरुले बुनेको स्कार्फ क्यानाडा गएपछि‍‍‍‍‍‍‌…

२०७१ पुष २९ गते १०:२४

दाङ, २९ पुस– गङ्गापरस्पुर ५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्छिन् । उनले यसरी काम गर्न थालेको दुई वर्ष जति भयो । उद्योगमा कपडाको दोपट्टा, स्कार्फ, झोलालगायतका सामग्री बनाउने काम हुन्छ । यहाँ बनाइएको स्कार्फ, दोपट्टा, झोलालगायतका सामग्री क्यानाडामा बिक्री वितरण भइरहेको...

विद्यार्थी आउन छाडेपछि विद्यालय बन्द

२०७१ पुष २९ गते ९:२८

रुपन्देही, २९ पुस– अत्यधिक चिसो सँगै शीतलहर पर्न थालेपछि रुपन्देहीका विद्यालयहरु आगामी शुक्ररबारसम्मका लागि बन्द गरिएका छन् । जिल्ला शिक्षा शिकार्यालय रुपन्देहीले एक सूचना जारी गरेर आगामी माघ २ गतेसम्म विद्यालय बन्द गर्न अनुमति दिएको हो । जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरु माघ २...

राष्ट्र सङ्घका उपमहासचिव काठमाण्डुमा

२०७१ पुष २९ गते ८:४६

काठमाण्डु, २९ पुस– संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा मंगलबार राजधानी आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र सङ्घ महाशाखाका प्रमुख एवम् सहसचिव ताराप्रसाद पोखरेल र यहाँस्थित राष्ट्रसङ्घीय आवासीय समन्वयकर्ता जिमी म्याक्गोल्ड्रिकले स्वागत गरेका...

उपत्यकामा ४८ बन्दकर्ता पक्राउ

२०७१ पुष २९ गते ८:३२

काठमाण्डु, २९ पुस– एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चा र नेकपा–माओवादीको आह्वानमा बन्द गर्दै हिँडेका ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता माधवप्रसाद जोशीले जानकारी दिए । उपत्यकालगायत विभिन्न जिल्लामा गरेको बन्दको प्रभाव सामान्य...

जन्मिए तिम्ल्याहा बच्चा‍…

२०७१ पुष २९ गते ८:२४

रौतहट, २९ पुस– रौतहटको गरुडा बैरिया गाविस ६ का एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । प्रसव पीडा सुरु भएपछि गौर अस्पताल पुर्याइएकी स्थानीय दिनेश साहकी ३० वर्षीया श्रीमती सरस्वतीदेवी साहले तीन छोरीलाई जन्म दिएको जिल्ला अस्पताल गौरले जनाएको छ । चौथोपटक गर्भवती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us