काठमाण्डू, २४ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले आफूलाई ज्यान लिने र घर जालइदिने धम्की दिएकाहरूलाई साइबल ब्युरोमा उजुरी दिए पनि पक्राउ नपरेको भन्दै गुनासो व्यक्त गरेका छन ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले सो कुरा बताएका हुन् । सांसद राईले प्रधानमन्त्रीविरुद्ध गाली गर्ने तत्काल पक्राउ पर्ने र सांसदविरुद्ध गाली गर्नेलाई पक्राउ नगर्ने प्रवृत्तिमाथि पनि प्रश्न गरेका छन । ‘गाली गर्ने चलनलाई कसरी अन्त्य गर्ने रु सबै जना सचेत हुनुपर्छ ।
प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्ने बित्तिक्कै पक्राउ गरिहाल्ने, सांसदहरूलाई गाली गर्ने बितिक्कै किन नगर्ने भन्ने विषय पनि छ ।
मलाई पनि दुई जना व्यक्तिले ज्यानै मार्ने, घरै जलाइदिन्छु भन्ने अभिव्यक्ति दिनुभयो मैले साईबर ब्युरोमा रिपोर्ट गरे तर ती व्यक्तिहरू पक्राउ परेजस्तो मलाई लाग्दैन, आफ्ना समर्थकले जेभन्दा पनि छुट हो भने त्यो अराजकताले अर्को मोड लिन सक्छ ।’