समाचार

रामचन्द्रले झुठ बोलेको भन्दै प्रचण्ड सनक्क

२०७१ पुष २८ गते १३:०४

 काठमाण्डु, २८ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले संविधान जारी गर्ने समयसीमा माघ ८ बाट पछि सार्न प्रस्ताव नगरेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको तीन दल बैठकमा प्रचण्डले समय पछि सार्न प्रस्ताव गरेको काँग्रेस उपसभापति रामचन्द्र पोडेलले बताएका थिए ।...

इजाजत लिने टेलिभिजन ८८, रेडियो पाँच सय ८६

२०७१ पुष २८ गते १२:५२

काठमाण्डु, २८ पुस– मुलुकमा हालसम्म सञ्चालनका लागि इजाजत लिने टेलिभिजनको सङ्ख्या ८० नाघेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार गत मङ्सिरसम्म ८८ टेलिभिजनका साथै पाँच सय ८६ एफएम र छ हजार तीन सयभन्दा बढी पत्रपत्रिकाले प्रसारण तथा प्रकाशनका लागि अनुमति लिइसकेका छन् ।...

नगर परिषदमा काँग्रेस सभासदको बितण्डा, नगर प्रमुख कुटिए

२०७१ पुष २८ गते १२:५१

म्याग्दी, २८ पुस– आफूलाई नगरपालिका परिषदमा प्रमुख अतिथि नबनाएको भन्दै काँग्रेस सभासद रेशमबहादुर बानियाँले बितण्डा मच्चाएका छन् । बेनी नगरपालिकाको दोश्रो नगरपरिषदको प्रमुख अतिथि आफूलाई नबनाएको भन्दै उनले कुर्ची तथा माइक तोडफेड गरेका हुन् । काँग्रेस जिल्ला सभापतिसमेत रहेका बानियाँ २६ जनामध्येबाट मन्त्रिपरिषद्ले मनोनित...

जुवातास खेल्नेहरु परे प्रहरीको फन्दामा

२०७१ पुष २८ गते १२:३१

काठमाण्डु, २८ पुस– काठमाण्डुमा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–७ कृष्मीचौरस्थित सुमन श्रेष्ठको घरमा जुवातास खेलीरहेका नौ जनालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुबाट नगद २ लाखभन्दा बढी रुपियाँ र तीन...

जब घाँटीमै भात अड्किएर ज्यान गयो

२०७१ पुष २८ गते १२:२०

काठमाण्डु, २८ पुस– के तपाईंलाई थाहा छ, भात खाँदा पनि ज्यान जान सक्छ भन्ने ? काठमाण्डुमा एकजना व्यक्तिको घाँटीमा भात अड्केर ज्यान गएको छ । काठमाण्डु महानगरपालिका–१४ रविभवन बस्ने नुवाकोट काउले–३ घर भएका ४५ बर्षीय सपल लामा कोठामा खाना खाने क्रममा सोमबार अचानक भात...

असिनापीडितले दिए धर्ना

२०७१ पुष २८ गते १२:१७

काठमाण्डु, २८ पुस– मुगुका असिनापीडित किसान र स्थानीय नेताले नेपाल खाद्य संस्थानले असिना पीडितका लागि खाद्यान्न आपूर्ति नगरेको भन्दै धर्ना दिएका छन् । उनीहरुले संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठको कार्यकक्षमा एक घन्टासम्म धर्ना दिएका छन् । करिब ५० जना असिनापीडितले सो धर्ना दिएका थिए ।...

चार दल बैठक बीचैमा छाडेर हिंडे एमाओवादी र मधेसी नेता

२०७१ पुष २८ गते ११:४१

काठमाण्डु, २८ पुस– एकीकृत माओवादी र मधेसी मोर्चाका शीर्ष नेता संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकबाट बाहिरिएका छन् । ३० दलीय मोर्चाको बैठकमा सहभागी हुन भन्दै उनीहरु सिंहदरबारमा जारी बैठक बीचैमा छाडेर हिंडेका हुन् । विपक्षीले बैठक छाडेपछि संवाद समिति निष्कर्षमा पुग्ने सम्भावना...

ओलीको जिल्लामा काँग्रेस–एमाले कार्यकर्ताले बन्दकर्ताको टाउको फुटाए

२०७१ पुष २८ गते ११:२७

झापा, २८ पुस– एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दको झापामा सत्ता पक्षीय दलहरुले प्रतिकार गरेका छन् । सत्तारुढ काँग्रेस र एमाले सम्वद्ध व्यापारीले बन्दको प्रतिकार गरेका हुन् । आन्दोलनकारी र प्रतिकारमा उत्रेकाहरुबीच झडमसमेत भएको थियो । झडपमा मधेसी जनाअधिकार फोरम नेपालका झापा...

कांग्रेस–एमालेका युवा सभासद भन्छन्– ‘दुई तिहाइ बहुमतबाटै संविधान ल्याउँछौं’

२०७१ पुष २८ गते ११:२३

काठमाण्डु, २८ पुस– सत्तारुढ कांग्रेस–एमालेका युवा सभासदहरुले माघ ८ मा दुई तिहाइबाटै भए पनि संविधन ल्याउने ठोकुवा गरेका छन् । राजधानीमा भएको छलफल कार्यक्रममा उनीहरुले यस्तो दाबी गरेका हुन् । कांग्रेस सभासद चन्द्र भण्डारीले एमाओवादीको मोर्चालाई संविधान बनाउने हो भने आन्दोलन छाडेर छलफलको टेबलमा...

नेपाल न्युजका पत्रकारको आन्दोलनप्रति महासंघको ऐक्यबद्धता

२०७१ पुष २८ गते १०:५७

काठमाण्डु, २८ पुस– नेपाल न्युज डटकमका पत्रकारहरुले गरेको आन्दोलनप्रति नेपाल पत्रकार महासंघले ऐक्यबद्धता जनाएको छ । श्रमजीवी पत्रकार र कर्मचारीलाई थाहै नदिई व्यवस्थापनले नेपाल न्युज डटकम बन्द गरेको थियो । मर्कन्टाइल कम्युनिकेसन प्रालिले सञ्चालन गरेको ‘नेपाल न्यूज डटकम’ संस्था एकाएक बन्द गरेकोमा महासंघको आफ्नो...

नक्कली अख्तियार असली अख्तियारको फन्दामा

२०७१ पुष २८ गते १०:१६

विराटनगर, २८ पुस– सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरका डिभिजनल इन्जिनियरसँग १० लाख माग गर्ने एक दम्पतीलाई अख्तियार दुरपयोग अनुसन्धान आयोग काठमाण्डुको विशेष टोलीले पक्राउ गरेको छ । विराटगरस्थित रत्ना होटेलबाट पक्राउ पर्नेमा मोरङको कटहरी बस्ने रामबहादुर भण्डारी र उनकी श्रीमती तुलसा भण्डारी रहेको र...

एक सय ३५ चेली खासामा बेचिनबाट जोगिए

२०७१ पुष २८ गते ९:४९

मेलम्ची, २८ पुस– मानव बेचबिखनको गन्तव्यका रुपमा लिइएको चीनको खासामा गएको एक वर्षमा एक सय ३५ चेली बेचिनबाट जोगिएका छन् । सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकामा बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था माइती नेपालले पछिल्लो वर्ष खासा हिँडेका नेपाली चेलीलाई नाकाबाटै फर्काएर बेचिनबाट जोगाएको हो । सन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us