काठमाण्डु, २८ पुस– ललितपुर टीकाभैरवमा एक वृद्धा महिला मृत अवस्थामा भेटिएकी छिन् । टीकाभैरवको त्रिवेणी घाटमा भेटिएको शव कसको हो भन्ने चाहिँ थाहा हुन सकेको छैन । अनुमानित ७० वर्षको देखिने वृद्धाको शव सोमबार बिहान घाटसँगै रहेको पार्टीमा मृत अवस्थामा फेला परेको हो ।...
लहान, २८ पुस– पूर्व पश्चिम सडकअन्तर्गत सिरहाको लहान नगरपालिका १२ भोटिया टोलमा गस्तीमा रहेको सशस्त्र प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानमा कार्यरत तीनजना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् । काठमाण्डुबाट धरानका लागि हिँडेको ना१ख ७०४४ नंको...
सिन्धुपाल्चोक, २८ पुस– सिन्धुपाल्चोकको हगाम गाविसमा आयोजित दुईदिने स्वास्थ्य शिविरमा स्त्री रोगसम्बन्धी बिरामीको सङ्ख्या बढी देखिएको छ । सो गाविसमा एक हजार एक सय बिरामीको परीक्षण गर्दा सबैभन्दा बढी स्त्री रोगका बिरामीको सङ्ख्या बढी देखिएको हो । शिविरमा आसपासका जलवीर, सेलाङ, फुल्पिङकोट, घुम्थाङ, पाङताङसहित...
काठमाण्डु, २८ पुस– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दका कारण पश्चिम तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । बन्दका कारण दाङसहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण ती जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चलेका...
जनकपुरधाम, २८ पुस– पाँच वर्षअघि हत्या गरिएकी पत्रकार उमा सिंहको छैटौं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार मनाइयो । स्थानीय रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुर–१४ रजौलस्थित डेरामा बसिरहेको बेला अपराधिक समूहले धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरेका...
म्याग्दी, २८ पुस– म्याग्दी महोत्सवका अवसरमा जिल्लाका नेवार समुदायले १२ वर्षपछि हनुमान नाँच प्रदर्शन गरेका छन् । नेपाल भाषा मंका खलका कलाकारले महोत्सवका अवसरमा बेनीमा निकालिएको झाँकीमा उक्त नाँच देखाएका हुन् । २०५७ सालबाट छोडिएको नाच महोत्सवमा प्रस्तुत गरिएको नेपाल भाषा मंका खल म्याग्दीका...
सोलुखुम्बु, २८ पुस– सोलुखुम्बु वाकु गाविस–४ सिबुचेका बासिन्दालाई भौगोलिक विकटताले गर्दा आफ्नै गाविस भवनसम्म पुग्नका लागि पनि बास बस्नुपर्दछ । गाविसको सेवासुविधा लिनका लागि आफूहरुलाई समस्या भएको उनीहरुको भनाइ छ । आफ्नै गाविस भवन पुग्नका लागि दुई दिनको समय लाग्ने भएकाले अबको समयमा वाकुको...
काठमाण्डु, २७ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार चियापान कार्यक्रमको आयोजना गरेको छ । सो समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले सकेसम्म सहमतिमै नसके प्रक्रियामै गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने बताए। सभामुख सुवास नेम्वाङले...
काठमाण्डु, २७ पुस– संविधानका विवादित विषयमा सहमतिमा पुग्न नसकिरहेका दलहरु आज साँझ फेरि छलफलमा बस्ने भएका छन् । संवाद समितिका सभापति डा. बाबुराम भट्टराईको संयोजनमा छुट्टाछुट्टै नेताहरुबीच छलफल हुने बताइएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सहमति गर्ने तय गरिएको भए पनि समितिभन्दा...
काठमाण्डु, २७ पुस– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’ मा ३४ हजार उजुरी एवम् गुनासो प्राप्त भएको जनाउँदै तीनलाई तत्काल सम्बोधन गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ । उक्त कार्यालयका सचिव शान्तराज सुवेदीले सहरी विकास मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय,...
काठमाण्डु, २७ पुस– सत्तारुढ दुई ठूला दलबीच सहमति हुन नसकेको खण्डमा प्रक्रियाबाट तोकिएको समयभित्र संविधान जारी गराउन पहल गर्न जोड दिने समझदारी भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताको बैठकले सकेसम्म सहमतिका लागि यही पुस २८...
मोरङ, २७ पुस– पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको एकमात्र मोटर कम्पनी हुलास मोटर्सले आफ्नो उत्पादन पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ । सवारी साधनमा सरकारले लागू गरेको ‘युरो थ्री’ को मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटर...