काठमाण्डु, १९ मंसिर– मुख्य राजनीतिक दलहरुले समानुपातिक तर्फका सभासद छनौटको गृहकार्य शुरु गरेका छन् । समानुपातिक तर्फका सभासद सिफारिस गर्न निर्वाचन आयोगले सात दिनको समय दिएकाले दलहरु त्यसको गृहकार्यमा जुटेका हुन् । सभासद छनौटबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार अपरान्ह बस्दै...
काठमाण्डु, १९ मंसिर– संविधानसभा निर्वाचनमा धाँधली भएको निष्कर्ष निकालेको एकीकृत नेकपा माओवादीले बुधबार छानविन प्रतिवेदन सार्बजनिक गर्दै छ । नेता बर्षमान पुन संयोजकत्वको समितिले तयार पारेको ६३ पृष्ठ लामो छानविन प्रतिवेदन काठमाण्डुमा पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न लागिएको हो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर...
काठमाण्डु, १९ मंसिर–स्वर सम्राट नारायण गोपालको २२ औं स्मृति दिवस बुधबार संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छन् । उनको सम्झनामा बुधबार महाराजगञ्जस्थित उनकै घरमा साङ्गितिक कार्यक्रम आयोजना गरिएको छ । साथै महाराजगन्ज चोकमा रहेको नारायण गोपालको शालिकमा माल्यार्पण गरिएको छ । नारायणगोपालले झण्डै ५...
बागलुङ, १९ मंसिर–बागलुङका दृष्टिविहीन अमिट केसीले सन् २०१५ को मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । आरोहणका लागि लाग्ने आर्थिक खर्चको जोहोका लागि केसीले सबैसँग सहयोगको अपिल पनि गरेका छन् । सार्वजनिक अपिल जारी गर्दै केसीले सगरमाथा आरोहणका लागि करिब...
दमौली, १९ मंसिर–तनहुँको व्यास नगरपालिकामा लामो समयपछि वारुणयन्त्र भित्रिए पनि दक्ष प्राविधिकको अभावका कारण सञ्चालनमा कठिनाइ भएको छ । वारुणयन्त्र भित्रिएको एक महिना हुन लागिसक्दा पनि दक्ष प्राविधिकको अभावका कारण सञ्चालन हुन नसकेको हो । गत कात्तिक २४ गते दमौली भित्रिएको सो वारुणयन्त्र अहिले...
दमक, १९ मंसिर–झापाको दमक–१३ स्थित खनाल होेटलमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । मंगलबार राति १० बजे ग्यास सिलिन्डरबाट शुरु भएको आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको होटल सञ्चालक लोकनाथ खनालले जानकारी दिए । आगलागीमा परी एउटा...
मोरङ, १८ मंसिर– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीको आचारण एवम् व्यवहारलाई समय अनुकूल सुधार गर्दै संगठनको आन्तरिक सुदुढीकरण गर्न निर्देशन दिएका छन् । आमजनतामा प्रहरीको छवि सुधार गरी जनताको सेवक हुन् भन्ने प्रमाणित गर्न पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरमा मंगलबार प्रहरी अधिकृत...
काठमाण्डु, १८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्ष तथा अध्यागमन कार्यालयका कर्मचारी, मेनपावर कम्पनीका सञ्चालक र विचौलीयाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ती कार्यालयका ६४ जनाविरुद्ध विगो ३४ लाख ३९ हजार ५ सय रुपैयाँ कामम...
काठमाण्डु, १८ मंसिर– दोस्रो संविधानसभा निर्वाचनपछि नेपालको समग्र वस्तुस्थिति बुझ्न चिनियाँ उच्च अधिकारीहरु नेपाल आइपुगेका छन् । नेपाल पछिल्लो राजनीतिक परिस्थितिमा चासो दिँदै चीनको आन्तरिक सुरक्षा मामिलाका महानिर्देशक तथा नेपालका लागि पूर्व चनियाँ राजदूत छिउ गुओहोङ मंगलबार काठमाण्डु आइपुगेका हुन् । चिनियाँ अधिकारी गुओहोङले...
काठमाण्डु, १८ मंसिर– अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले शिक्षा मन्त्रालयबाट गत साल एमबीबीएसमा छात्रवृत्ति पाएका विद्यार्थीहरुको भर्ना लिन मन्त्रालय र सम्बन्धित संस्थालाइ निर्देशन दिएको छ । आयोगले गत साल मेडिकल कलेजमा भएको सिट संख्याको आधारमा विद्यार्थीहरुको भर्ना लिन आदेश दिएको हो । गत वर्ष छात्रवृत्ति...
काठमाण्डु, १८ मंसिर– सिराहा–५ बाट विजयी बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डविरुद्ध संविधानसभा अदालतमा उजुरी परेको छ । प्रचण्डका निकटतम प्रतिद्वन्द्वी एवं नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठले मंगलबार पर्यवेक्षकको प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङ्कसहित उजुरी गरेका हुन् । सोमबार रिपोर्टर्स क्लब...
काठमाण्डु, १८ मंसिर- संविधानसभाको निर्वाचनबाट पहिलो र दोस्रो भएको काँग्रेस र एमालेबीच राष्ट्रपति फेर्ने नर्फेर्नेबार अझै पनि एक मत हुन सकेको छैन । त्यस्तै सरकार गठन कसले र कसरी गर्ने भन्नेमा पनि अझै अन्योल रहेको नेताहरुको अभिव्यक्तिबाट बुझिएको छ । मंगलबार रिपोटर्स क्लवमा भको...