काठमाण्डु, २६ पुस– एमाओवादी प्रवक्ता दीनानाथ शर्माले आफू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीमा जान लागेको भन्ने चर्चाको खण्डन गरेका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा शर्माले आफू विप्लवको पार्टीमा नजाने बताए । उनले आफू एकीकृत माओवादीप्रति प्रतिबद्ध रहेको...
दाङ २६ पुस– नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले पार्टीबाट अलग्गिएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह चरम दक्षिणपन्थी भएको आरोप लगाएका छन् । दाङमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर क्रान्तिकारी देखिए पनि विप्लव समूह भित्रि रुपमा दक्षिणपन्थी भएको बताए । विप्लवको नेतृत्वमा कुनै हालतमा...
ललितपुर, २६ पुस– सडक दुर्घटनालाई नियन्त्रण र सडक व्यवस्थापन गर्ने उद्देश्यले लगनखेलदेखि कुपन्डोलसम्म चल्ने सवारी साधनका लागि १० स्थानमा मात्र सवारी साधन रोक्न, यात्रु ओराल्न र चढाउन पाइने भएको छ । जथाभावी सवारी साधन रोक्दा पैदल यात्रुलाई हिँड्डुल गर्न र सडक अव्यवस्थितसँगै दुर्घटना हुने...
काठमाण्डु, २६ पुस– एकीकृत माओवादीले पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको संयोजकको जिम्मेवारी रमेश मल्ललाई दिएको छ । शनिबार बसेको एमाओवादी केन्द्रीय कार्यालय बैठकले सम्मेलन गर्ने जिम्मेवारीसहित मल्ललाई संयोजक बनाउने निर्णय गरेको हो । मल्ल यसअघि सहसंयोजक थिए । गत चैतको २० देखि २५...
बाँके, २६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय कोहलपुर बाँकेमा हालसम्म चार सय भन्दा बढी उजुरी दर्ता भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार कार्यालयमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी शिक्षाका ९० बढी उजुरी रहेका छन् । यसैगरी सङ्घीय मामिलासम्बन्धी ५६, वन तथा भूसंरक्षणसम्बन्धी...
काठमाण्डु, २६ पुस– संविधानसभामा रहेका साना दलका नेताले संविधान निर्माण प्रक्रियामा आफूहरुको भूमिका कमजोर पारेको भन्दै काँग्रेस–एमालेसँग आक्रोश पोखेका छन् । संविधान निर्माणमा साना दलको धारणा बुझ्न काँग्रेस–एमालेले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार डाकेको छलफलमा उनीहरुले ठूला दलले बल मिच्याईं गरेको आरोप लगाए । चार...
चितवन, २६ पुस– यदी तपाईँ प्लास्टिकको फोहरबाट मोहर बनाउने तरिका सिक्न चाहनु हुन्छ भने चितवन महोत्सवमा जानु पर्नेछ । नारायणगढमा जारी चितवन महोत्सवको बीच भागको विशेष स्टलमा पुग्दा यस्तो जानकारी मात्रै पाइँदैन फोहरबाट मोहर अर्थात् फोहर प्लास्टिकबाट पाइप बनाएको देख्न र सिक्न सकिनेछ ।...
मोरङ, २६ पुस– उपराष्ट्रपति परमानन्द झाले विराटनगरमा शनिबार भएको एक कार्यक्रममा हिन्दीमा भाषण गरेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनपछि संसदबाट उपराष्ट्रपति निर्वाचित भएका झाले हिन्दीमा सपथ लिएपछि व्यापक विरोध भएको थियो । चौतर्फी विरोधको सामना गर्न नसकेपछि उनले दोहोर्याएर मैथलीमा सपथ लिनुपरेको थियो ।...
काठमाण्डु, २६ पुस– प्रधानमन्त्री सुशील कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग भड्किएका मधेस केन्द्रित दललाई फकाइदिन नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई आग्रह गरेका छन् । श्रोतका अनुसार राजदूत रेलाई सरकारी निवास बालुवाटारमा बोलाएर कोइरालाले मधेसी नेताको चित्त बुझाइदिन आग्रह गरेका हुन् । ओलीले मधेस...
सुनसरी, २६ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नवगठित माओवादीसँग असन्तुष्ट समूहले नयाँ माओवादी घोषणा गरेको छ । शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले अर्को पार्टी घोषणा गरेको हो । नयाँ पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी राखिएको छ । हालै...
नुवाकोट, २६ पुस– दुई सय वर्ष पुरानो गोरु जुधाउने परम्पराको यस वर्ष पनि तयारी पूरा भएको छ । तारुका र बेत्रावतीमा हरेक वर्ष मकरसङ्क्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । तारुका–५ चन्दनीको बारीको ठूलोपाटोमा यस वर्ष १६ हल गोरु जुधाउनका लागि गोरुधनीले दर्ता गरिसकेको...
ललितपुर, २६ पुस– ‘नसोचेकै बेला आउँछ भुइँचालो, पूर्व तयारीमा जुट्ने हामी सबैको पालो’ भन्ने नारासहित १७औँ भूकम्प दिवसको अवसरमा शनिबार चेतनामूलक साइकल र्याली निकालिएको छ । पाटनको मङ्गलबजारबाट सुरु भएको र्यालीमा विभिन्न सङ्घसंस्थाका व्यक्तिहरु युवायुवती, बालबालिकासहित करिब चार सय जनाको सहभागिता रहेको थियो । कार्यक्रम...