मन्थली, १७ मंसिर–रामेछापको सुखाजोर गाविसको पालेबन भन्ने स्थानमा सोमबार विहान यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रामेछाप रामपुर गाविस–३ का ८५ बर्षीय सन्तबहादुर श्रेष्ठ, ओख्रेनी–४ का २५ बर्षीया जानुका श्रेष्ठ, रामपुर–५ का...
जाजरकोट, १७ मंसिर– आयोडिनयुक्त नुन वितरणमा विभेद भएको भन्दै जाजरकोटका नागरिकले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । नुन वितरण केन्द्रमा कमिसनको खेल भएको भन्दै उपभोक्ताले सोमबार नुन वितरण कार्यसमेत अवरुद्ध गरेका छन् । तीन दिन हिँडेर सदरमुकामस्थित साल्ट कर्पोरेसन शाखामा आउँदा पनि नुन...
तुलसीपुर, १७ मंसिर–नेपाल बार एशोसियसनका केन्द्रीय महासचिव सुनिल पोख्रेलले राष्ट्रपति निर्वाचनको हल्ला मचाउनुको कुनै तुक नभएको बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको साक्षात्कारमा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको बिषय चर्चामा ल्याई संविधान निर्माण प्रक्रिया अर्कै तिर मोड्ने प्रयास भएको आशंका...
दमक, १७ मंसिर–झापाको सतासीधाम–५ झिलझिलेमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मे १ च १५६७ नम्बरको एम्बुलेन्सको ठक्करबाट सतासीधाम–५ की ५८ वर्षीया चन्द्रमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान ४ बजेतिर केही व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका...
चितवन, १७ मंसिर–बालाचतुर्दशीका अवसरमा चितवनको रत्ननगरबाट देवघाटमा सतबीज छर्न गएका एक पुरुष सोमबार बिहान नारायणी नदीमा बगेएर बेपत्ता भएका छन् । चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा नुहाउने क्रममा उनलाई नदीले बगाएको हो । सो क्षेत्रमा सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक इन्द्रराज...
काठमाण्डु, १७ मंसिर–सोलुखुम्बुको संविधानसभा निर्वाचन बदर गर्न माग गर्दै संविधानसभा अदालतमा दायर गरिएको उजुरीमा छलफल गर्न सोमबार पहिलो इजलाश बस्दै छ । काँग्रेस सभासद बलबहादुर केसीको सपथ ग्रहण रोक्न अन्तरकालीन आदेश माग गर्दैै उजुरी परेपछि त्यसबारे छलफल गर्न पहिलो इजलाश बस्न लागेको हो ।...
काठमाण्डु, १७ मंसिर– संविधानसभा निर्वाचनपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा–माओवादीको पोलिटव्युरो बैठक बसिरहेको छ । काठमाण्डुको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्दै पार्टीको धारणा तय गर्ने नेकपा–माओवादीले जनाएको छ । उपाध्यक्ष सीपी गजुरेलका अनुसार संविधान निर्माणमा पार्टीको भुमिकाबारे बैठक...
काठमाण्डु, १७ मंसिर– आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बाला चतुर्दशी पर्व मनाइदै छ । बाला चतुर्दशीको अवसरमा काठमाण्डुको पशुपति नाथ लगायतका शिवालयहरुमा सतबिज छर्नेहरुको घुइँचो लागेको छ । धान, जौं, तिल, गहुँ, चना, मकै, कागुनो, मूला, हलेदो, मिश्रीत सात प्रकारका...
काठमाण्डु ९ पुस–नेपाली काँग्रेसमा ९१ जनाका लागि करीव दुई सय सभासदका आकाँक्षी देखिएका छन । संसदीय वोर्डमा रहेका १४ जना नेताका आ आफनो पोल्टाबाट भिकिएका सूची सदर गराउन खोज्दा काँग्रेस भित्रको किचलो बढेर गएको छ । सभापति सुशिल कोइरालाले ६० प्रतिशत र शेरबहादुर देउवाले...
चितवन, १७ मंसिर–विगत केहि दिनदेखि माडीको गर्दी र बघौडाका क्षेत्रहरुमा आतंक मच्चाईरहेको बाघ नियन्त्रणमा आएको छ । सितलपुर र त्यस आसपासका क्षेत्रहरुमा लगातार पशुचौपाया मार्ने तथा स्थानियलाई त्रसित बनाउन थालेपछि स्थानिय र मध्यवर्तिको पहलमा बाघ नियन्त्रणमा लिन निकुन्जलाई दवाव दिईएको थियो । चितवन राष्टिय...
सोलुखुम्बु, १७ मंसिर–संविधानसभा निर्वाचनमा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सभासदहरुले आगामी एक वर्षभित्रमा सुनकोसीमा पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले तीनवटै जिल्लाको मुख्य समस्याका रुपमा रहेको सुनकोसी नदीको पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट पहल...
ताप्लेजुङ, १७ मङ्सिर–हप्तादिन अगाडि कान्छी सासूबाट कुटिएकी महिलालाई जिल्ला अस्पतालबाट बाहिर पठाइएको छ । टाउकोमा चोट भएको र सिटी स्क्यानको सुविधा नभएका कारण दुई दिन अगाडि अस्पताल भर्ना भएकी खाम्लुङ निवासी अनुसा लिम्बूलाई जिल्ला बाहिर पठाइएको हो । “सिटी स्क्यान गर्नुपर्छ भन्नुभो, त्यसैले धरान...