समाचार

बिरामी बोक्ने एम्बुलेन्सले कर्मचारी बोकेपछि…

२०७१ पुष २४ गते १०:१४

  जाजरकोट, २४ पुस– जाजरकोट जिल्ला अस्पतालको एम्बुलेन्सले दैनिक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी बोक्ने गरेको पाइएको छ । बिरामी बोक्ने प्रयोजनका लागि राखिएको एम्बुलेन्समा दैनिक कर्मचारी राखेर चलाउँदा नाफाभन्दा घाटा बढी हुने गरेको एक कर्मचारीले जानकारी दिए । बा१ ८३९१ नम्बरको एम्बुलेन्सले...

माओवादीसँग दुई पार्टी एकीकरण अन्तिम चरणमा

२०७१ पुष २४ गते १०:०१

प्यूठान, २४ पुस– नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले तीन कम्युनिस्ट पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको बताएका छन् । उनले भने ‘सँगै मिलेर द्वन्द्व गरेका मणि र परी नेतृत्वको माओवादीसँग एकीकरण अन्तिम चरणमा पुगेको छ,, एमाओवादीका दोस्रो तहका नेताहरु समेत हामीसँगै एकीकरण प्रयासमा...

फरार अभियुक्त २४ वर्षपछि पक्राउ

२०७१ पुष २४ गते ९:४१

धनगढी, २४ पुस– वन मुद्दामा अदालतबाट दोषी ठहर भई २४ वर्षदेखि फरार रहँदै आएका कैलालीको नारायणपुर गाविसका एक अभियुक्तलाई पक्राउ गरिएको छ । २४ वर्षदेखि फरार करिब दुई हजार ६२ रुपैयाँ बिगो तोकिएका ६५ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीको क्षेत्रीय अपराध अनुसन्धान समूह...

इजरायली कृषि मन्त्री काठमाण्डुमा

२०७१ पुष २४ गते ९:३४

काठमाण्डु, २४ पुस– इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री याइर समिर नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा अपराह्न काठमाण्डु आइपुगेका छन् । नेपाल र पश्चिम एसियाली मुलुक इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५औँ वर्ष प्रवेशका अवसर पारेर उनी नेपाल आएका हुन् । नेपालको पछिल्लो राजनीतिक...

अख्तियारमा छ महिनामै १९ हजार उजुरी, ४३ करोड बिगो माग

२०७१ पुष २४ गते ८:१५

  काठमाण्डु, २४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्षभन्दा यस वर्ष उजुरी दर्ता र आयोगले अदालतमा दर्ता गर्ने मुद्दा सङ्ख्याको दर्ता दोब्बर भएकोे छ । पछिल्लो समय आयोगको गतिविधि प्रभावकारी हुँदै गएपछि त्यसको प्रभाव स्वरुप आयोगमा उजुरीका घटना दर्ता वृद्धि भएको हो ।...

बाढी पीडित भन्छन्ः ‘आधा दशक भयो, न गाँस न बास’

२०७१ पुष २४ गते ८:०१

कञ्चनपुर, २४ पुस– छ वर्षअघि कञ्चनपुरको दोदा नदीमा आएको विनासकारी बाढीले शङ्करपुर ७ का बलराम सिंहको डेढ बिगाहा खेत नदीले बगायो । बाढीले घर भएको घरखेत बगाएपछि विरक्तिएका बलराम अहिले देखतभूली गाविस १ चान्देउमा पर्ने सामुदायिक वनको शोभाडाँडामा आश्रय लिइरहेका छन् । विसं २०४६...

ठाकुरको गोली हानी हत्या

२०७१ पुष २४ गते ७:४४

सर्लाही, २४ पुस– सर्लाहीको नारायणपुर गाविसस्थित भारतीय सीमा क्षेत्रमा ३८ वर्षीय सञ्जय ठाकुरको गोली हानी हत्या भएको छ । बुधबार राति भारतीय सीमाक्षेत्रस्थित सुनसान दशगजा क्षेत्रमा ठाकुरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय बासिन्दाले राति गोली चलेको आवाज सुने पनि...

सल्यानमा कला, साहित्य तथा सांस्कृतिक महोत्सव हुने

२०७१ पुष २४ गते ७:२८

सल्यान, २४ पुस– सल्यानमा राष्ट्रिय कला, साहित्य तथा संस्कृति महोत्सव आगामी चैत महिनामा हुने भएको छ । जिल्लामा रहेको लोक साहित्य, संस्कृतिको संरक्षण, संवद्र्धन, प्रोत्साहन, गर्न र स्रष्टा, विज्ञलगायतका प्रतिभालाई नेपाली राष्ट्रिय कला र साहित्य जगत्मा परिचित गराउन महोत्सव गर्न लागिएको जनाइएको छ ।...

बसको ठक्करबाट बालकको ज्यान गयो

२०७१ पुष २४ गते ७:०७

कैलाली, २४ पुस– पूर्वपश्चिम राजमार्गअन्तर्गत बिहीबार बिहान कैलालीको चौमाला झिलमा धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको यात्रुवाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा चौमाला ४ का गोरे पार्कीका १० वर्षीय छोरा अर्जुन पार्की रहेका छन् । सडकमा हिँडिरहेका पार्कीलाई ना४ख ५८८४ नम्बरको...

बालुवाटार बैठकको खाजा बिल मात्रै आठ लाख !

२०७१ पुष २४ गते ७:०२

काठमाण्डु, २४ पुस– प्रधानमन्त्री निवास बालुवाटार देशको कार्यकारी प्रमुखको निवास मात्रै हो । तर, यहाँ सरकारी बैठकदेखि विभिन्न पार्टीका संयुक्त बैठक र प्रधानमन्त्रीको राजनीतिक पार्टी कांग्रेसको समेत बैठक बसिरहन्छ । ती बैठकहरुमा हुने खाजापानीको खर्च चाहिं कसले गर्छ ? सोझो उत्तर आउँछ– सरकारले ।...

चिउरी छाडेर सुन्तलासँग बिहे गर्दै चेपाङ

२०७१ पुष २४ गते ७:०१

गोरखा, २४ पुस– चिउरीको बिरुवासँग बिहे गर्न छाडेर चेपाङले सुन्तलाको बिरुवासँग बिहे गर्न थालेका छन् । जङ्गलमा चिउरीको बोट मासिँदै गएपछि चिउरीको बोटसँग बिहे गर्ने परम्परा तोडेर चेपाङले सुन्तलाको बोटसँग बिहे गर्ने चलन ल्याएका हुन् । चेपाङले सर्वसुलभ पाइने सुन्तलाको बोटसँग छोरीको बिहे गर्न...

रथयात्रापछिको कस्तो योजना बनाउँदैछ राप्रपा नेपाल ?

२०७१ पुष २४ गते ६:२३

काठमाण्डु, २४ पुस– राप्रपा नेपालले संविधानमा हिन्दु राज्यको माग गर्दै सुरु गरेको रथयात्रा समापन गरेपछि नयाँ कार्ययोजना बनाउन बैठक डाकेको छ ।   संविधान निर्माणका क्षेत्रमा रणनीति तय गर्न भन्दै राप्रपा नेपालले शुक्रबार र शनिबार पूर्ण बैठक बोलाएको हो । अध्यक्ष कमल थापाको नेतृत्वमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us