नारायणकाजीको डेरामा भयो आन्दोलन नरोक्ने निर्णय

काठमाण्डु टुडे २०७१ पुष १६ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, १६ पुस– कांग्रेसले बालुवाटारमा बसेर बहुमतकै आधारमा संविधान बनाउने निर्णय गरेकै दिन एमाओवादी लगायतका विपक्षी दलहरुले ललितपुरमा बसेर आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेका छन् ।

NARAYAN KAJI
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को डेरा हरिसिद्धिमा बसेको एमाओवादी, मधेसवादी लगायतका दलहरुको बैठकले बहुमतीय आधारमा संविधान बनाउने कांग्रेस–एमाले सत्ता गठबन्धनविरुद्ध देशव्यापी आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो ।
यसअघि नै ३० दलको बैठकले पुस १९ गतेदेखि माघ ५ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनप्रति एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको असहमति रहेको समाचार पनि बाहिर आएको थियो ।
तर बुधबार श्रेष्ठकै डेरामा बसेर आन्दोलनलाई सशक्त बनाउने घोषणा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us