विदेशबाट फर्कनेलाई ९२ हजार कण्डम वितरण

काठमाण्डु टुडे २०७१ पुष १६ गते १०:०६ मा प्रकाशित

सिन्धुपाल्चोक, १६ पुस–सिन्धुपाल्चोक जिल्लाबाट रोजगारीको सिलसिलामा विभिन्न मुलुक गएर फर्किएकालाई यौन शिक्षाका साथै कण्डम दिन थालिएको छ ।

condom

वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीबाट नेपालमा यौनजन्य रोग भित्र्याउन नदिन यस्तो सुरुवात गरिएको हो ।

पछिल्ला केही वर्षदेखि विदेश गएर फर्केकामा एचआइभी सङ्क्रमण देखिन थालेपछि महिला आत्मनिर्भरता केन्द्रले उनीहरुलाई यौन शिक्षाका साथै कण्डम दिन थालेको हो ।

सेभ द चिल्ड्रेन ग्लोबल फन्डको सहयोग र केन्द्रको सहजीकरणमा जिल्लाका १२ गाविसमा कण्डम वितरण गरिएको जनाइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवायुवतीलाई एचआइभी एड्स रोकथाम तथा हेरचाह परियोजनाअन्तर्गत कण्डम वितरण गरिएको केन्द्रले जनाएको छ ।

मांकका अनुसार अहिले इचोक, महाँकाल, थाङ्पालकोट, गुन्सा, भोताङ, स्याउले, सेलाङ, सिम्पालकाभ्रे, बाह«बिसे, राम्चे र धुस्कुनमा कण्डम वितरण भइरहेको छ ।

यी गाविसमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि  कण्डम वितरणको अभियान थालिएको हो ।

केन्द्रकी कार्यक्रम संयोजक सुनिता भोखजुका अनुसार कार्यक्रम सुरु भएको दुई वर्षको अवधिमा ९२ हजार कण्डम वितरण भइसकेको छ ।

उनले भनिन् ‘एकजनालाई २० देखि २४ वटासम्म कण्डम दिने गरेका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us