गोली प्रहार गरी शिक्षकको हत्या

काठमाण्डु टुडे २०७१ पुष १६ गते ९:५९ मा प्रकाशित

 

संखुवासभा, १६ पुस– मत्स्यपोखरी गाविसको देविटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक शिक्षकको हत्या गरिएको छ ।

Dead body in a mortuary

श्री धर्मदेवी माध्यमिक विद्यालयका शिक्षक लोकमणी पौडेललाई बुधबार बिहान साढे ९ बजे विद्यालय जाने क्रममा मत्स्यपोखरी–९ को हात्तीखर्कमा गोली हानी हत्या गरिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी कमल थापाले जनाएका छन् ।

विद्यालयका प्रधानाध्यापक नैनसिंह राईले हत्या गर्नेहरुले भरुवा बन्दुक प्रयोग गरेको प्रहरी समक्ष बताएका छन् । प्रहरीले गोली प्रहार गर्नेको खोजी भैरहेको जनाएको छ ।

शिक्षकमाथि कसले र किन गोली प्रहार गरेको भन्नेबारे खुल्न सकेको छैन् । घटना भए लगत्तै खाँदबारीबाट घटनास्थल तर्फ प्रहरी पठाइएको थापाले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us