इलाम, १६ पुस–सन् २०१४ मा इलाममा दुई सय २१ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको वार्षिक समीक्षाका क्रममा सो जानकारी गराइएको हो ।
इन्सेक प्रतिनिधि कोकिला ढकालका अनुसार सन् २०१४ मा जिल्लामा बलात्कार १९, बहुविवाह नौ, हत्या चार, घरेलु हिंसा ६७, मानव बेचबिखन दुई, मानव अपहरण तथा फिरौती एक, आत्महत्या ७९, बन्द हडताल नौवटा घटना भएको बताइएको छ ।