काठमाण्डु, १५ पुस– धनकुटामा कार्यरत नेपाल प्रहरीका जवानले लापारवाहीपूर्वक लोड गरि छाडेको पेस्तोलको गोली लागि उनकै ३ वर्षिया छोरा गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान योगेन्द्रबहादुर कार्कीले घरमा राखेको पेस्तोल उनका छोरा अनुष कार्कीले खेलाउने क्रममा गोली लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बालकको नाकमा गोली लागि गम्भिर घाइते भएपछि उनलाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरी स्रोतले जनाए अनुसार हतियार लापारवाहीपूर्वक छाडेको अभियोगमा उनलाई कारवाही गर्न सकिने बुझिएको छ ।
पेस्तोल तथा बन्दुकलाई लोड गरिएको भएपनि त्यसको लक लगाउने गरिन्छ तर उनले त्यो लक किन लगाएनन् भन्नेबारे प्रहरीहरु अनभिज्ञ छन् । यसबारे थप अनुसन्धान भै रहेकाले केही भन्न नसकिने प्रहरी बताउछन् ।