समाचार

बाजुरा भयो डाइक्लोफेनिक मुक्त जिल्ला

२०७१ पुष १५ गते ३:२२

बाजुरा, १५ पुस– जिल्ला पशुसेवा कार्यालय बाजुरा र नेपाल पक्षी संरक्षण संघ काठमाण्डुले हिजो बाजुरा जिल्लालाई डाइक्लोफेनिक मुक्त जिल्ला घोषणा गरेको छ । गिद्ध सचेतना र संरक्षणका लागि डाइक्लोफेनिक मुक्त हुन् आवश्यक सूचक पूरा भएपछि ४३ औं जिल्लाका रुपमा घोषणा गरिएको हो । सबै जिल्लालाई...

विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना

२०७१ पुष १५ गते ३:१७

अछाम, १५ पुस– प्रहरीले अछामको सदरमुकाम मंगलसेनमा रहेको मिराकल एजुकेस्नल एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना कक्षा सञ्चालन गरेको छ । जिल्लामा सवारीसाधनको प्रयोग बढ्दै गएको र विद्यार्थीले सड्क काट्दा खतरा रहने भएकाले विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना कक्षामार्फत सचेतना जगाउने कार्य गरिएको अछाम प्रहरीले जनाएको...

क्रसर उद्योगले ४ सय ८० घर जोखिममा

२०७१ पुष १५ गते ३:०७

विराटनगर, १५ पुस– मोरङको नवघोषित लेटाङ भोगटेनी नगरपालिकाको बस्तीसँगै जोडिएको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि खोलाको दायाँबायाँ रहेका कीर्तिमान र कमलपुर गाउँका ४ सय ८० घरधुरी जोखिममा परेका छन् । स्थानीयले उद्योगका कारण आफू जोखिममा परेको भन्दै उद्योग व्यवस्थित गर्न सञ्चालन...

गुरुङ समुदायले आज ल्होसार मनाउँदै

२०७१ पुष १५ गते २:३८

काठमाण्डु, १५ पुस– गुरुङ समुदायले आज मान्यजनबाट आदिर्वाद लिनुका साथै आपसमा शुभकामना आदान प्रदान गर्दै ल्होसार पर्व मनाउँदै छन् । गुरुङ समुदायले घोडा वर्षलाई बदा गरी भेडा वर्षको धुमधामका साथ स्वागत गर्न लागेका हुन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ...

दम बढेपछि वैद्य अस्पतालमा

२०७१ पुष १५ गते २:०३

काठमाण्डु, १५ पुस– नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासि दम र निमोनियाका कारण सोमबार साँझ थापथलीस्थित नर्भिक अस्पतालमा भर्ना एका छन् । माओवादीको प्रथम राष्ट्रिय भेला सम्पन्न भएलगत्तै वैद्य अस्वस्थ भएका हुन् । भेलामा सहभागी हुँदा कामको चाप र चिसोका कारण दम बढेको हो...

एमाओवादीले कसरी भाँड्न खोज्यो केपी ओलीको घर ?

२०७१ पुष १४ गते १४:५९

सुनसरी, १४ पुस– एमाले अध्यक्ष केपी ओलीले एमाओवादीले जनयुद्धका नाममा भैंसीको पैसा तिर्न नसकेर छिमेकीको हत्या गरेको आरोप लगाएका छन् । पार्टीको सुनसरीको क्षेत्र नम्बर–३ ले दुहबीमा गरेको कार्यक्रममा ओलीले विगतमा छिमेकी मार्ने माओवादीले अहिले संविधान निर्माणमा बखेडा झिकेको बताए । माओवादी द्वन्द्वकालिन मानसिकताबाट...

राम कार्कीले मरेका नेतासँगै प्रदीप गिरीको नाम लिएपछि संविधानसभामा के भयो ?

२०७१ पुष १४ गते १४:२१

काठमाण्डु, १४ पुस– एकीकृत माओवादी नेता राम कार्की मीठो शैलीमा आफ्ना कुरा राख्न सिपालु छन् । भाषण, अन्तर्वार्ता वा अनौपचारिक कुराकानीका क्रममा कार्की मिठासपूर्ण शैलीमा बोल्छन् । तर बोल्ने क्रममा उनी कहिले काहीं चिप्लिन्छन् । सभासदसमेत रहेका उनले सोमबार संविधानसभा बैठकमा दिवंगत नेताहरुसँगै प्रदीप...

कसले उठायो एमाओवादीमा फेरि बन्दुक उठाउने कुरा ?

२०७१ पुष १४ गते १३:४८

काठमाण्डु, १४ पुस– १० वर्ष सशस्त्र जनयुद्ध त्यागेर शान्ति प्रक्रियामा आएको करिब १० वर्षपछि एमाओवादीमा फौजी कार्यदिशाको बहसले प्रवेश पाएको छ । स्थायी समिति सदस्य गोपाल किरातीले उक्त विषय छलफलका लागि पार्टीमा औपचारिक रुपमै प्रस्ताव गरेका हुन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको...

रोल्पामा दश दिन लामो सिनेमा कार्यशाला हुने

२०७१ पुष १४ गते १३:०२

काठमाण्डु, १४ पुस– पश्चिम नेपालको रोल्पा जिल्लामा आगामी महिना दश दिन लामो चलचित्रसम्बन्धी कार्यशाला हुने भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघले रोल्पाको लिवाङमा उक्त कार्यशाला गर्न लागेको हो । माघ २२ देखि फागुन १ गतेसम्म हुने उक्त कार्यशाला भारतका चलचित्र लेखक तथा निर्देशक...

काउन्सिलले गर्यो आचारसंहिताबारे छलफल

२०७१ पुष १४ गते १२:५६

काठमाण्डु, १४ पुस–प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चार माध्यममा कार्यरत संवाददातासँग अचारसंहिता एवम् पत्रकारको वर्गीकरणका विषयमा सोमबारदेखि छलफल सुरु गरेको छ । आमसञ्चार माध्यमका पत्रकारको अवस्था, उनीहरूको विषयमा लिनुपर्ने पहल कदमी, पत्रकारको प्रेस परीक्षा र पत्रकारको वर्गीकरणलगायतका विषयमा चरणबद्धरुपमा छलफल थालिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक...

कुरियर कर्मचारी लागूऔषधसहित विमानस्थलमा समातिए

२०७१ पुष १४ गते १२:४२

काठमाण्डु, १४ पुस– जेट एयरको उडानबाट दिल्ली हुँदै ग्रिसतिर लागूऔषध पठाउँदै गर्दा एकजना व्यक्ति विमानस्थलमै पक्राउ परेका छन् । क्वीक बेस्ट कार्गोद्वारा एरान्याक्स कुरियरमार्फत् उक्त लागूऔषध ग्रिस पठाउन लागेको प्रहरीले जनाएको छ । भक्तपुर मध्यपुर ठिमी, कौसलटार बस्ने मनोज कार्कीलाई प्रहरीले आइतबार पक्राउ गरी...

वैद्यको पार्टीमा सरुवा र बढुवा

२०७१ पुष १४ गते १२:१५

काठमाण्डु, १४ पुस– नेकपा–माओवादीको राष्ट्रिय भेला सोमबार सकिएको छ । भेलापछि पार्टीभित्र रिक्त रहेका पदहरुमा सरुवा र बढुवा गरिने भएको छ । तत्कालीन सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ पार्टी गठन गरेपछि उनीसँगै गएका केन्द्रीय सदस्य र अन्य नेता–कार्यकर्ताका ठाउँमा तल्ला कमिटिबाट बढुवा गर्ने र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us