समाचार

कुनै हालतमा चुनाव सर्दैनः कोइराला

२०७० भदौ ८ गते १३:०२

चितवन, ८ भदौ । काँग्रेस सभापति सुशील कोइरालाले जस्तोसुकै परिस्थितिमा पनि आगामी ४ मंसिरमा संविधानसभा निर्वाचन हुने दाबी गरेका छन् । प्रेस युनियन चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उनले कुनै पनि हालतमा निर्वाचन सार्न नसकिने बताए । मंसिरको निर्वाचन सारे मुलुक ठूलो दुर्घटनामा...

वैद्यले भने: लाजिम्पाट, महाराजगञ्ज र कोटेश्वरले भाका फेरे

२०७० भदौ ८ गते १२:२१

काठमाण्डु, ८ भदौ –  मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक समितिसमक्ष सरकार विघटन र निर्वाचन मिति परिवर्तनसम्बन्धी आफ्नो मागमा पुनर्विचार गर्न आग्रह गरेको छ । समितिसँग शनिबार भएको वार्ता विफल भएलगत्तै पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले मुलुक क्रमणकालीन जटिलतामा रहेकाले...

‘वैद्यले गोलमाल गर्न गोलमेच सम्मेलनको कुरा झिके’

२०७० भदौ ८ गते १२:१५

काठमाण्डु, ८ भदौ– एकीकृत नेकपा माओवादीले आफूसँग फुटेर अलग भएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव नचाहेको ठहर गरेको छ । शनिबार विहान नेकपा–माओवादीका शीर्ष नेताहरुसँग भएको छलफलको समिक्षा गरी एमाओवादीले यस्तो निष्कर्ष निकालेको हो ।...

मन्त्रिपरिषदका अध्यक्ष न्यूयोर्क,मुख्य सचिव तिब्बत जाँदै

२०७० भदौ ८ गते १२:१०

काठमाण्डु १० भदौ–संबिधानसभा निर्वाचन नजिकिदै गर्दा चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्य सचिव लिलामणि पौडयाल बिदेश भ्रमण गर्दैछन । संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी असोज ५ देखि १४ गतेसम्म न्यूयोर्क जान लागेको हो ।...

भाजपा नेता रविशंकरले भेटे राष्ट्रपति र प्रचण्ड

२०७० भदौ ८ गते ११:५३

काठमाण्डु, ८ भदौ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता रविशंकरले राष्ट्रपति रामवरण यादव र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार भेटेका छन् । राष्ट्रपति यादवसँग शीतलनिवासमा भएको भेटमा शंकरले आसन्न संविधानसभा निर्वाचनको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे चासो राखेका थिए ।...

दोषी उच्चमाविको कारबाही प्रक्रिया अवरुद्ध

२०७० भदौ ८ गते ११:५२

काठमाण्डु, ८ भदौ । उच्च माध्यामिक शिक्षा परिषद्को अनुगमन समितिले कारबाही लागि सिफारिस गरेका उच्च माविहरुको कारबाही प्रक्रिया रोकिएको छ । परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रको उदाशीनताको कारण कारबाही प्रक्रिया प्रभावित भएको हो । परिषद्ले २०६९ माघ २८ गतेबाट कार्यान्वयनमा ल्याएको ६३ बुँदे आचारसंहितामा...

छुट्टा छुट्टै घटनामा चारजनाको मृत्यु

२०७० भदौ ८ गते ६:४६

काठमाण्डु, ८ भदौ– बारा र चितवनमा भएका छुट्टा छुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । बाराको नितनपुर २ स्थित भगवती स्टील प्रालिमा शनिबार विहान आगलागि हुँदा दुईजनाको मृत्यु भएको छ । आगलागिमा परी मृत्यु हुनेमा बाराको छातापिपराका २५...

मतदाता नामावली दर्ता आज पनि जारी

२०७० भदौ ८ गते ५:०७

काठमाण्डु ८ भदौ– निर्वाचन आयागले फोटो सहितको मतदाता नामावलीमा नाम दर्तालाई शनिवार पनि जारी राखेको छ । फारम भरेका तर विवरण दर्ता गर्न नभ्याएकाहरुका लागि निर्बाचन आयोगले शनिवार पनि विवरण दर्ता गर्ने कार्य जारी राखेको हो । पछिल्लो पटक थपिको एकसाताको अन्तिम दिन शुक्रवार...

सद्भावना पार्टीको बैठक जनकपुरमा

२०७० भदौ ८ गते ४:१२

धनुषा, ८ भदौ–सद्भावना पार्टीको राष्ट्रिय कार्य समितिको तीनदिने विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिवारदेखि जनकपुरमा सुरु हुदै छ । पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा जनकपुरको मारवारी सेवा समितिमा हुने उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, संगठन समिक्षा, पार्टीको भावी कार्यनिति तथा...

बैद्य चुनावमा आए सहकार्य गर्न प्रचण्ड तयार

२०७० भदौ ८ गते २:५१

काठमाण्डु ८ भदौ –एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफैबाट बिभाजित भई बनेको नेकपा–माओवादी संबिधानसभा निर्वाचनमा सहभागी भएमा सहकार्य गर्न तयार रहेको जनाउ दिएका छन ।  नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसहितका पाँच जना पदाधिकारीसँग आफनै निवास लाजिम्पाटमा शनिवार गरेको छलफलमा अध्यक्ष प्रचण्डले निर्वाचनमा सहभागी हुने सुनिश्चिता प्रस्तुत गरेमा...

सरकार परिवर्तन र निर्वाचन स्थगन असम्भव

२०७० भदौ ७ गते १५:२४

काठमाण्डु, ७ भदौ–उच्चस्तरीय राजनीतिक समितिले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन स्थगन र सरकार परिवर्तन गर्नुपर्ने असन्तुष्ट दलको मागमा सहमत हुन नसकिने स्पष्ट गरेको छ । नयाँबानेश्वरमा शुक्रबार साँझ बसेको समिति बैठकले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाको सर्तअनुसार निर्वाचन सार्न र सरकार परिवर्तन गर्न...

हामीलाई बहुमत दिनुस्, हामी संविधान दिन्छौं: प्रचण्ड

२०७० भदौ ७ गते १५:१०

पोखरा, ७ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई अपिल गरेका छन् । पार्टीनिकट तमु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले विगतमा आफ्नो पार्टीको बहुमत नआउँदा संविधान नबनेकाले अबको निर्वाचनमा बहुमत दिन अपिल गरेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us