काउन्सिलले गर्यो आचारसंहिताबारे छलफल

काठमाण्डु टुडे २०७१ पुष १४ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, १४ पुस–प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चार माध्यममा कार्यरत संवाददातासँग अचारसंहिता एवम् पत्रकारको वर्गीकरणका विषयमा सोमबारदेखि छलफल सुरु गरेको छ ।

press council
आमसञ्चार माध्यमका पत्रकारको अवस्था, उनीहरूको विषयमा लिनुपर्ने पहल कदमी, पत्रकारको प्रेस परीक्षा र पत्रकारको वर्गीकरणलगायतका विषयमा चरणबद्धरुपमा छलफल थालिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

छलफलमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिल पत्रकारका अभिभावक हुनुका साथै सरकारलाई सल्लाह दिने स्वयत्त संस्था भएकाले त्यस्तो अभियान थालिएको बताए ।

छलफलमा काठमाण्डुबाट प्रकाशित हुने दैनिक छापा माध्यमका संवाददाताहरूको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us