गढीमाई नगरपालिकाका मेयरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०८३ असार २३ गते १६:४३ मा प्रकाशित

काठमाण्डू, २३ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको गढीमाई नगरपालिकाका मेयरसहित ३ जना तथा एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा विशे‍ष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका राधेश्याम शाहविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us