बाह्रबुँदे समझदारी गरेका शक्तिबीच तालमेल हुनुपर्छः नेता पोखरेल

काठमाण्डु टुडे २०७१ पुष १५ गते १२:०७ मा प्रकाशित

महोत्तरी, १५ पुस–एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सहमतिको आधारमा संविधान बनाउने समयमा रहेकाले बाह्रबुँदे समझदारी गरेका शक्तिहरूबीच तालमेल हुनुपर्ने बताएका छन् ।

giriraj-mani-pokhrel

महोत्तरीको जलेश्वरमा आयोजित जिल्लाको आवधिक जिल्ला विकास योजना तर्जुमा कार्यशालाको उद्घाटन गर्दै उनले राजनीतिक सङ्क्रमण चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बताए ।

संविधान निर्माणमा देखिएका विवादित विषय सहमतिकै आधारमा टुङ्गिने विश्वास रहेको बताउँदै उनले स्रोत साधनले देश धेरै धनी भएपनि विगतको शासन व्यवस्थाले तराईका जिल्ला पछाडि पारिएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us