संविधान बन्ने सम्भावना सकियो : महत

काठमाण्डु टुडे २०७१ पुष १५ गते १२:४१ मा प्रकाशित

दाङ, १५ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले माघ ८ को समय सीमामा संविधान जारी हुने सम्भावना सकिएको ठोकुवा गरेका छन् ।
दाङको तुलसीपुरमा पत्रकारहरुसँग बोल्दै महतले दलहरु बीच सहमति हुने सम्भावना टरेको भन्दै माघ ८ मा संविधान आउने सम्भावना नरहेको बताएका हुन् ।

prakash sharan mahat
उनले संविधानको मस्यौदा भएपनि जारी गर्न नेपाली काँग्रेसले विमर्श प्रारम्भ गरको बताउँदै संविधानसभामा विभिन्न विचारधारका दलहरु सहभागि भएको भन्दै सहमती हुन नसक्ने बताए ।
‘संविधानसभामा छुट्टै माग राख्ने चित्रबहादुर केसीदेखि कमल थापा पनि छन अनि सहमति कसरी हुन्छ ?’, उनले प्रश्न गरे । उनले सहमति हुन नसक्ने हुनाले बहुमतिय प्रणालीबाट संविधान ल्याउनु पर्ने काँग्रेसको धारणा रहेको बताए ।
महतले सबै दलको चुनावी घोषणा पत्रमा दुई तिहाइले भएपनि संविधान जारी गर्ने लिखित सम्झौता रहेको उल्लेख गर्दै त्यसबाट कोही पनि पछि हट्न नमिल्ने बताए ।
उनले एमाओवादीको ३० दलीय मोर्चा तर्फ लक्षित गर्दै कुनै पनि दलले संविधानसभालाई बन्धक बनाउन नमिल्ने उल्लेख गरे ।
उलने बहुमतिय प्रणालीबाट संविधान ल्याउन पर्ने बताएपनि दलहरुबीच सहमति सहकार्यको बातावरण हराएकाले जनतामा निराशा भएको पनि उल्लेख गर्न चुकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us