बहुविवाह गर्ने दुवै जनाले खाए जेलको चिसो हावा

काठमाण्डु टुडे २०७१ पुष १५ गते ६:३१ मा प्रकाशित

इलाम, १५ पुस– घरमा जीवनसाथी हुँदाहुँदै अर्को विवाह गर्ने एक जोडीले जेलको चिसो हावा खाएको छ ।

पशुपतिनगर गाविस–६ का ३५ वर्षीय मनबहादुर दर्जी र प्याङ गाविस–४ की २८ वर्षीया गीता दर्जीलाई बहुविवाह गरेको कसुर ठहर गर्दै जिल्ला अदालत इलामले सोमबार जनही एक वर्ष कैद र रु पाँच\पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।

jail

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मनबहादुरविरूद्ध मुलुकी ऐन विवाहवारी महलको ९ नम्बर र गीताविरुद्ध सोही महलको १० नम्बरबमोजिम कसुर ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका तहसिलदार स्रेस्तेदार अर्जुन श्रेष्ठले जानकारी दिए ।

आफू र छोरीहरू हुँदाहुँदै कात्तिक १० गते मनबहादुरले गीतालाई दोस्रो विवाह गरी ल्याएको भन्दै मनबहादुरकी जेठी पत्नी ३२ वर्षीया चन्द्रकला दर्जीले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा पुस २ गते श्रीमान्विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पुस ३ गते पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us