कारको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष १५ गते ५:१५ मा प्रकाशित

भक्तपुर, १५ पुस–काठमाण्डुतर्फ जाँदै गरेको एक निजी कारले लोकन्थली मनोहरा पुलनजिकै मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

गएराति करिब १ः३० बजे भक्तपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको बा.९च ६५६४ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको बा.१७प १९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक मध्यपुरथिमि बोडे निवासी ३६ वर्षीया देवकी थापाको काठमाण्डु मेडिकल कलेज सिनामङ्गलमा उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ४५ वर्षीय जीवन थापाको सोही कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार र चालक काठमाण्डु महाराजगन्ज बस्ने  २५ वर्षीय आदित्य अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us