बागलुङ, १४ पुस–आइतबार राति बागलुङ बजारको एक रेष्टुराँ र मासुपसलमा चोरी गर्ने लुटेरा पक्राउ परेका छन् ।
राति १ः३० बजे बागलुङ नगरपालिका २ हल्लनचोकस्थित लक्ष्मी मम रेष्टुराँ र आडमा रहेको जङ्गबहादुर थापाको मासुपसलमा चोरी गर्ने उदयपुर लेखानी ६ का युवराज मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
सोह्र वर्षीय थापा चोरी कार्यमा संलग्न रहेकै अवस्थामा प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीले थापाबाट विदेशी रक्सी, फेन्टा, सुकुटी र चोरी गर्दा प्रयोग गरेको रडसमेत बरामद गरेको छ ।
अन्य चोरीका घटनामा पनि संलग्न रहेको आशङ्कामा प्रहरीले थापामाथि थप अनुसन्धान गरिरहेको छ । रासस