हाक्किमविरुद्ध फेसबुकमा लेख्ने डिएसपीको जागिर धरापमा

काठमाण्डु टुडे २०७१ पुष १४ गते ३:१८ मा प्रकाशित

facebookकाठमाण्डु, १४ पुस– फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाल लोकप्रिय र प्रभावकारी बन्दै गए पनि प्रयोग गर्ने ढंग नहुनेहरुले त्यत्ति नै बढी दुःख, हैरानी र नोक्सानी ब्यहोर्दै आएका  छन् ।

फेसबुककै कारण कतिको जेलमा बास । कतिको पारिवारिक सम्बन्ध टुटेको छ । कसैको ज्यानै समेत गएका घटना पनि छन् ।

तर एक  नेपालमा फेसबुककै कारण जागिर धरापमा परेको घटना भने सम्भवतः पहिलो हुनुपर्छ । फेसबुकमा असन्तुष्टि जनाएबापत सशस्त्र प्रहरीका एक अकिधृततको जागिर संकटमा परेको छ ।

सशस्त्र महानिरीक्षक कोषराज वन्तविरुद्ध फेसबुकमा स्टाटस खेलेका डिएसपी नानुराम हुमागाईं निलम्बनमा परेका हुन् ।

सशस्त्र मुख्यालयले निलम्बन गरी उनीमाथि छानबिन अघि बढाएको छ । यसैबीच फेसबुकमा खेलेकै आधारमा निलम्बन गरिएको भन्दै अदालतमा रिट दायर गरेका छन् । अदालतले उनलाई निलम्बन नगर्न आदेश दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us