एमालेले भन्यो, ‘माघ ८ मा संविधान आउलाजस्तो छैन’

काठमाण्डु टुडे २०७१ पुष १३ गते १५:०९ मा प्रकाशित

UML_20140824045223काठमाण्डु, सत्तारुढ एमालेले  माघ ८ मा संविधान आउने सम्भावना घर्किंदै गएको निष्कर्ष निकालेको छ ।

मुख्यालय बल्खुमा आइतबार बसेको स्थायी समिति बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । यद्यपि बैठकले सहमति प्रयासमा दलीय छलफल भने जारी राख्ने निर्णय गरेको छ ।
बैठकले संविधानका विवादमा सहमति नभए प्रक्रियाबाट टुंग्याउनुपर्ने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । उनले प्रक्रियामा जानेबारे संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग परामर्श गर्ने पनि बताए ।

एमालेले जातीय विद्वेष फैलाउने खालको संघीयता मुलुकका लागि प्रत्युत्पादक हुने पनि दोहो¥याएको छ । तराई र पहाड अलग गर्नुपर्ने र जातीय पहिचान झल्कने गरी प्रदेशसभाको नाम राख्न नसकिने ज्ञवालीले बताए ।

बैठकमा चार दलीय कार्यदलका सदस्यसमेत रहेका उपाध्यक्ष भीम रावलले कार्यदलमा भएको छलफलबारे जानकारी गराएका थिए । उानले संविधानसँगै सत्ता साझेदारीका विषयमा समेत छलफल गर्नुपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us