गणेश थापाले एएफसीको निर्वाचनमा भाग लिन नपाउने

काठमाण्डु टुडे २०७१ पुष १३ गते १५:३३ मा प्रकाशित

ganesh thapaकाठमाण्डु, १३ पुस– राप्रपा नेपालका नेता एवम् सभासद गणेश थापाले एसियाली फुटबल महासंघ ‘एएफसी’ को निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।
आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ ‘फिफा’ द्वारा निलम्बित भएका कारण उनले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

भ्रष्टाचार प्रकरणमा छानबिनका क्रममा रहेका एन्फा अध्यक्षसमेत रहेका थापालाई फिफा अनुशासन कमिटिले आर्थिक अनियमितिताको उजुरीमाथि छानबिन गर्न भन्दै गत नोभेम्बर ४ तारिखदेखि लागू हुनेगरी चार महिनाका लागि निलम्बन गरेको थियो ।

एएफसीको निर्वाचन आगामी सन् २०१५ को अप्रिल ३० तारिखमा हुँदैछ ।
एएफसी विधानमा निर्वाचनको दुई महिनाअघि सदस्य संघहरुको उम्मेदवारी दर्ता गर्नुपर्ने प्रावधान छ । थापाको निलम्बन आगामी मार्च ३ मा सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us