सार्वजनिक यातायातमा फेरि घट्यो भाडा

काठमाण्डु टुडे २०७१ पुष १३ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, १३ पुस– सार्वजनिक सवारी साधनको भाडा फेरि घटेको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा लगातार गिरावट आइरेका बेला भाडा नघटाइएको भन्दै जनस्तरबाट व्यापक दबाब आएपछि सरकारले बाध्य भएर भाडा घटाउने निर्णय गरेको हो ।

Buspark

यातायात व्यवस्था मन्त्रालयले सोमबारबाट लागू हुने गरी स्थानीय रुटमा एक रुपैयाँका दरले भाडा घटाएको हो ।

योसँगै उपत्यकामा न्यूनतम भाडादर १४ रुपैयाँ कायम भएको छ । गत साता मात्र सरकारले एक रुपैया“भन्दा कम भाडा घटाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us