आँपको बगैंचामा घिसारेर हत्या

काठमाण्डु टुडे २०७१ पुष १४ गते ४:५२ मा प्रकाशित

सिरहा, १४ पुस– सिरहाको दक्षिणवर्ती हकपाडा गाविसमा मा एक व्यक्तिको आइतबार साँझ हत्या भएको छ ।

कृष्णपुर–६ का अन्दाजी ४० वर्षीय चन्द्र यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

सिरहा नगरपालिकासँगै जोडिएको हकपाडा–७ स्थित खेतमा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका निरीक्षक राजकुमार शाहीले जानकारी दिए ।

आँपको बगैँचामा घिसारेर हत्या गरिएको अवस्थामा यादवको शव स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।
हत्या कसले र किन गरेको भन्ने खुल्न बाँकी रहेको यादवले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us