कैलाली–टुनामुना गर्दै मसान भगाउन भनि पूजा गर्ने क्रममा कैलालीको धनगढीबाट लुटिएको गहनामध्य केही गहना वीरगञ्ज पथलैया औधोगिक क्षेत्रको जितपुरबाट प्रहरीले बरामद गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालकी श्रीमती शारदालाई झुक्याएर मंसिर २६ गते लुटिएको ५१ तोला मध्य ३१ तोला गरगहना आइतबार इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा जितपुरस्थित इसरायल मियाँको घरबाट गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न इसरायल, उनकी पत्नी तैरुन र उनकी बहिनी खैरुन नेसा फरार रहेका छन् । अरु २० तोला गहना र लुटेराको खोजि भइरुहेको प्रहरीले जनाएको छ । रासस