
काठमाण्डु, १२ पुस–दैनिक उपभोग्य बस्तुका रुपमा रहेको ग्यासको अभाव हुन थालेको छ । ग्यास लिन जाने उपभोक्ताहरुलाई व्यवसायीले ‘ग्यास छैन’ भन्दै फर्काउने गरेका छन् । यसरी ग्यास अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
समस्या समाधानकालागि ग्यास बिक्रेता महासंघले ग्यासको सहज आपूर्ति गर्न १० दिने अल्टिमेटम दिएको छ । महासंघले १० दिनभित्र ग्यासको सहज आपूर्ति नगरेमा डिलर र गोदाम बन्द गर्ने चेतावनी दिएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले जाडोको समयमा ग्यासको माग बढी हुने भए पनि यहि सिजनमा ग्यासको आपूर्ति कम हुने गरेको बताएको छ ।
ग्यास बिक्रेता महासंघका अध्यक्ष किशोरकुमार केसीले ग्यासमा चलखेलगरी कृतिम डिपो खडा गरेर नयाँ सिलिन्डर बेच्ने गरेकाले ग्यासको अभाव हुने गरेको बताए ।
हाल देशभरमा ८० प्रतिशत ग्यास अभाव भएता पनि सरकारले यसमा चासो नदेखाएको महासंघका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले आरोप लगाइएका छन् ।