काभ्रे, ११ पुस– प्रधानमन्त्री सुशील कोइरालाले युवाहरुलाई आशावादी हुन आग्रह गरे । मुलुकमा आर्थिक विकास नहुँदा र समयमा संविधान नबन्दा युवाहरुमा निराशा पलाएको भन्दै उनले युवाहरुलाई निराश नहुन आग्रह गरेका हुन् । नेपाल जेसिजको ४१औँ राष्ट्रिय महाधिवेशनको काभ्रेमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘निराशा...
काठमाण्डु, ११ पुस–चीनले नेपाललाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता रकममा चार सय तेत्तीस प्रतिशतले वृद्धि गरेको छ । नेपालको सामाजिक एवम् आर्थिक विकासमा सघाउन उक्त मुलुकले प्रदान गर्दै आएको १५ करोड चिनियाँ युआनलाई ८० करोड पु¥याउने घोषणा गरेको हो । नेपाल र चीनबीच...
काठमाण्डु, ११ पुस–प्रधानमन्त्री सुशील कोइरालाले कुल एक सय ४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनामा देखिएको अवरोधलाई दुई दिनभित्र समाधान गर्न ऊर्जा मन्त्री राधा ज्ञवालीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कोइरालाको निर्देशनपछि ऊर्जा मन्त्री ज्ञवालीले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग आवश्यक परामर्श गरेर आफ्नो...
काठमाण्डु, ११ पुस– नागरिक अगुवाहरुले संविधानसभालाई नै ओझेलमा पार्ने गरि नेताहरुको अतिकेन्द्रिकृत, अपारदर्शी, अप्रजातान्त्रिक र निष्कर्षविहिन छलफलले राष्ट्रिय क्षमतामा नै प्रश्नचिन्ह खडा गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई आफ्नो जिम्मेवारी पुरा गर्न ध्यान आकर्षण गरेका छन् । सम्पूर्ण नेपाली जनता तथा विश्वसमुदाय राजनीतिक दलहरुले वाचा...
काठमाण्डु, ११ पुस– सिन्धुलीको कमलामाई–७ बुकामा बस र जीप ठोक्किदा दुईको मृत्यु हुनाका साथै पाँच घाइते भएका छन् । विपरित दिशा तर्फबाट आउदै गरेको ना २ ख ५८३६ नम्बरको बस र ना २ ख ६९५९ नम्बरको जीप एक आपसमा ठाक्किदा दुर्घटना भएको हो ।...
काठमाण्डु, ११ पुस– शान्ति प्रक्रियामा आए लगत्तै नेपालका सबै कम्युनिष्ट पार्टीहरुको एउटै केन्द्र बनाउने भन्दै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी धाराभित्रै पाँच पटक फुट व्यहोरेर पनि फेरि एउटै कम्युनिष्ट केन्द्र बनाउने इच्छा देखाएका छन् । १२२औं माओ दिवसको अवसरमा आफुबाट फुटेर गएका...
काठमाण्डु,, ११ पुस–भूमिसुधार व्यवस्थामन्त्री दलबहादुर रानाले देशभर रहेका हलिया तथा कमैयालाई पुनः स्थापना गरी छिट्टै व्यवस्थापन गरिने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री रानाले उनीहरुलाई व्यवस्थापन गर्न सरकारले भूमिको लागत सङ्कलन सुरु गरेको र कानुनको संशोधन गरी केहि व्यवस्थाा गरिने बताए...
गोरखाबजार, ११ पुस–एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताएका छन् । सबै दलको सहमति जुटाएर सकेसम्म माघ ८ गते संविधान जारी गर्नेतर्फ दलहरु लाग्नुपर्ने भन्दै नेता भट्टराईले असहमतिकै बुँदा थाँती राखेर संविधान जारी गर्न नहुने...
काठमाण्डु, ११ पुस– नेकपा–माओवादीले आफ्नो वर्तमान केन्द्रीय समिति विघटन गर्ने तयारी गरेको छ । काठमाण्डुमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलामा अध्यक्ष मोहन वैद्य ‘किरण’ले विशेष महाधिवेशनमा जानका लागि केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गर्न लागेका हुन् । सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नै नेतृत्वमा नयाँ...
बर्दिया, ११ पुस– बर्दियाको कोहलपुरखण्डको माछागाडमा ना३ख ९०७३ नम्बरको ट्रकले बर्दियाको कटर्नियाबाट कोहलपुर जाँदै गरेको रा१ज २९२ नम्बरको जिपलाई ठक्कर दिदा धधवार गाविस १ निवासी माया ज्ञवालीको घटनास्थलमै मुत्यु भएको छ । दुर्घटनामा जिपमा यात्रा गरिरहेका अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुको...
काठमाडौ, पुस ११ – नेपाल र चीनबीच परराष्ट्र मन्त्रिस्तरीय वार्ता राजधानीमा सुरु भएको छ । वार्तामा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गरेका छन् भने छ भने १३ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री वाङ यी ले गरेका छन् । वार्तामा दुईपक्षीय...
इलाम, ११ पुस–इलामको पश्चिमी जीतपुर र साङरूम्वा गाविसको बीचमा पर्ने जीतपुरे बजारमा बिहिबार राति आगलागी हुँदा करिब एक करोड भन्दा बढीको क्षति भएको छ । आगलागीबाट कर्णबहादुर मगरको ५० लाख भन्दा बढी, तिलबहादुर र राम तामाङको ३०÷३० लाख भन्दा बढी क्षति भएको प्रहरीले प्रारम्भिक...