
बर्दिया, ११ पुस– बर्दियाको कोहलपुरखण्डको माछागाडमा ना३ख ९०७३ नम्बरको ट्रकले बर्दियाको कटर्नियाबाट कोहलपुर जाँदै गरेको रा१ज २९२ नम्बरको जिपलाई ठक्कर दिदा धधवार गाविस १ निवासी माया ज्ञवालीको घटनास्थलमै मुत्यु भएको छ ।
दुर्घटनामा जिपमा यात्रा गरिरहेका अन्य ११ जना घाइते भएका छन् ।
घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बासगढीले जनाएको छ ।
ट्रक र ट्रक चालक ३१ वर्षीय अनन्त खान्जा प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस