किरणले केन्द्रीय कमिटी किन भंग गर्दैछन् ?

काठमाण्डु टुडे २०७१ पुष ११ गते ७:५४ मा प्रकाशित

काठमाण्डु, ११ पुस– नेकपा–माओवादीले आफ्नो वर्तमान केन्द्रीय समिति विघटन गर्ने तयारी गरेको छ । काठमाण्डुमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलामा अध्यक्ष मोहन वैद्य ‘किरण’ले विशेष महाधिवेशनमा जानका लागि केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गर्न लागेका हुन् ।

mohan-baidya

सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नै नेतृत्वमा नयाँ माओवादी गठन गरिसकेपछि वैचारिक तथा संगठनात्मक संकट झेलिरहेको माओवादीले एमाओवादीसँगको एकतालाई ध्यानमा राख्दै पनि महाधिवेशन आयोजक समिति गठन गर्न लागेको बताइएको छ । उता एकीकृत माओवादीले पनि विशेष महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लगेको छ ।
‘एकताका लागि हामीले एमाओवादीसँग राखेको छ बुँदै प्रस्तावमा मूलतः जनवादी क्रान्तिको प्रस्तावलाई स्वीकारेदेखि विशेष महाधिवेशनसम्म एकतामा जान सकिन्छ,’ माओवादीका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले काठमाण्डु टुडेलाई भने । उनले एकताका लागि एमाओवादीले संसदवाद र संशोधनवादसँग सम्बन्ध विच्छेद गर्नुपर्ने समेत बताए ।
विप्लवले सम्बन्ध विच्छेद गरेपछि माओवादीभित्र एमाओवादीसँग पार्टी एकताको वातावरण बन्दै गएको पनि विश्लेषण गरिएको छ । एमाओवादी केन्द्रीय सदस्य राम कार्कीले पनि दुई पार्टीबीच् एकताका लागि छलफल चलिरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us