
काठमाण्डु,, ११ पुस–भूमिसुधार व्यवस्थामन्त्री दलबहादुर रानाले देशभर रहेका हलिया तथा कमैयालाई पुनः स्थापना गरी छिट्टै व्यवस्थापन गरिने बताएका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री रानाले उनीहरुलाई व्यवस्थापन गर्न सरकारले भूमिको लागत सङ्कलन सुरु गरेको र कानुनको संशोधन गरी केहि व्यवस्थाा गरिने बताए ।
अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले उनीहरुको व्यवस्थापनका लागि करिब ३५ करोड बजेट विनियोजन गरिएको जानकारी दिँदै व्यवस्थापनका लागि भूमिसुधार मन्त्रालयबाट आवश्यक परियोजना आएमा स्रोतको अभाव नहुने बताए ।
३५ करोड रकम विनियोजन हुँदा समेत त्यस सम्बन्धि कुनै व्यवस्था हुन सकेको छैन । भूमिसुधार मन्त्रालयबाट आवश्यक परियोजना नकाएका कारण सो रकम बजेटमा मात्र सीमित हुन पुगेको छ । रासस