आगलागीबाट दुई घर जलेर नष्ट एक करोडको क्षति

काठमाण्डु टुडे २०७१ पुष ११ गते ७:२१ मा प्रकाशित

इलाम, ११ पुस–इलामको पश्चिमी जीतपुर र साङरूम्वा गाविसको बीचमा पर्ने जीतपुरे बजारमा बिहिबार राति आगलागी हुँदा करिब एक करोड भन्दा बढीको क्षति भएको छ ।

aago

आगलागीबाट कर्णबहादुर मगरको ५० लाख भन्दा बढी, तिलबहादुर र राम तामाङको ३०÷३० लाख भन्दा बढी क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कर्णबहादुर र रामको घरमा सामान्य होटल किराना तथा तिलबहादुरको किराना पसल रहेका थिए ।

कर्णबहादुरको घरबाट एक्कासी करेन्ट सर्ट भई आगलागी हुँदा राम तामाङ र तिलबहादुर तामाङको घर जलेर नष्ट भएका हुन् ।

पीडित कर्णबहादुरले भने ‘अचानक आगलागी सुरू भएपछि केही निकाल्न पाईएन्, जीवनभर कमाएको सम्पत्ति क्षणभरमै खरानी भयो ।’

बेलुका ८ः०० बजेदेखि सुरू भएको आगलागी राती ११ बजे इलाम सदरमुकामबाट गएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घरबारबिहीन बनेका पीडित छिमेकीको शरणमा बसेका छन् । पीडितलाई नेपाल रेडक्रस सोसाईटीले राहत सामग्री वितरण गर्ने जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us