
चितवन,१२ पुस–चितवनमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत दाहखानीमा ना२ख ७७६४ नम्बरको ट्रक पुलबाट करिब ४० फिट तल खस्दा चालक भरतपुर निवासि ३० वर्षीय विकास थापाको मृत्यु भएको हो ।
दुर्घटनामा सहचालक रामेछापका १९ वर्षीय मिलन तामाङ र ट्रकमा सवार दाङका ३० वर्षीय कमल चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
बुटवलबाट काठमाण्डु जादै गरेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ ।