राउटेका सहायक मुखियाको निधन

काठमाण्डु टुडे २०७१ पुष १२ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, १२ पुस–राउटेका सहायक मुखिया २५ वर्षीय ऐनबहादुर शाहीको झोलुङगे पूलबाट खसेर मृत्यु भएको छ ।

स्थानीय डुंगेस्वर बजारबाट मदिरा सेवनगरी मालिका गाउँ जादै गरेका शाहीको पुलबाट खसेर निधन भएको जनाइएको छ ।
जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटे प्रजातिलाई विश्वकै लोपोन्मुख मानिन्छ ।
नेपालमा करिव एक सय ६४ को संख्यामा रहेको यो समुदायका मुखियाले आफु बृद्घ हुदै गएको भन्दै गत वर्ष शाहीलाई कार्यभार सुम्पिएका थिए ।
मृत शाहीको नेतृत्वमा २०६४ पुस २२ मा काठमाण्डु आएका राउटेले राष्ट्रपति र तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us