बाबुराम भन्छन्, ‘नत्र एमाओवादीको पतन कसैले रोक्न सक्दैन’

काठमाण्डु टुडे २०७१ पुष १२ गते ११:२६ मा प्रकाशित

BABURAMकाठमाण्डु, १२ पुस– एमाओवादी नेता बाबुराम भट्टराईले एकीकृत परिवर्तनको नेतृत्व गर्न नसके माओवादीको पतनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
काभ्रेमा शनिबार भएको एक कार्यक्रममा उनले समाज विकासको एउटा कालखण्डमा क्रान्तिकारी रहेको शक्ति अर्को कालखण्डमा यथास्थितिवादी हुने बताए । क्रान्तिकारी शक्ति यथास्थितिवादमा परिणत भएपछि पुनः नया“ क्रान्तिकारी शक्ति अगाडि आउने उनको भनाइ थियो ।

‘एउटा कालखण्डमा क्रान्तिकारी भएको शक्ति अर्को कालखण्डमा यथास्थितिवादी हुन पुग्छ र त्यो यथास्थितिवादी हुनेबित्तिकै जबसम्म समाजमा विभेद रहिरहन्छ त्यतिबेलासम्म अर्को क्रान्तिकारी विद्रोही शक्ति उदय हुनु अनिवार्य हुन्छ’, उनले भने, ‘अहिले चुनौती के छ भने पछिल्लोपटक आएको शक्ति माओवादीले पनि क्रान्ति र परिवर्तनको चेतना अगाडि बढाउन सकेन र यथास्थितिवादी भयो भने यसको विरुद्धमा अर्को शक्ति आउनु अनिवार्य छ ।’

उनले का“ग्रेस र नेकपा माले एक समय मुलुकको अग्रगामी शक्ति रहेको चर्चा गर्दै अहिले यथास्थितिवादी शक्तिमा परिणत भएको बताए ।

‘जनताको समानता, न्यायको आन्दोलनको नेतृत्व गर्न सकेनौं, वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनविरुद्धको आन्दोलनको नेतृत्व गर्न सकेनौं भने हाम्रो पनि पतन अनिवार्य छ’, भट्टराईले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us