प्रचण्डले पापडलाई पार्टी जिम्मा लाउन खोजेपछि…

काठमाण्डु टुडे २०७१ पुष १२ गते ९:२९ मा प्रकाशित

papadकाठमाण्डु, १२ मंसिर– दलहरुले संविधानसभाबाट संविधान जारी गर्न आफैंले घोषणा गरेको मिति माघ ८ आउन एक महिना पनि बाँकी नरहेका बेला विभिन्न दबाब समूहले दलका शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराउने क्रम बढेर गएको छ ।

जसमध्ये एक हो, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल ‘पापड’ । पापडले शनिबार लाजिम्पाटस्थित निवासमा भेटेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समयमै संविधान बनाउन ध्यानाकर्षण गरायो ।

त्यस क्रममा पापडका संयोजक डा.अञ्जनीकुमार झाले ध्यानाकर्षणपत्र पढेर सुनाएका थिए । झाले ध्यानाकर्षणपत्र पढन् नभ्याउँदै ठट्यौली पारामा प्रचण्डले भने, ‘ज्ञापनपत्रमा लेखिएका कुरा सुन्दा पार्टीहरु चलाउने जिम्मा पनि तपाईंहरुले नै लिइदिए हुन्थ्यो भन्ने लाग्यो ।’

प्रचण्डको कुरा सुनेर ज्ञापनपत्र बुझाउन गएकाहरु सबै गलल्ल हाँसे । जब प्रचण्डले दोश्रोपटक पनि उही कुरा दोहोर्‍याए, त्यसपछि नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्कीले भने, ‘हुन्छ संविधान नबनुञ्जेल मुलुक जिम्मा दिनुस्, हामी तयारै छौं ।’

पापडमा नेपाल पत्रकार महासंघ, नेपाल बार, मेडिकल एसोसिएसन, इन्जिनियर्स एसोसिएसन, प्राध्यापक संघ र शिक्षक युनियन् छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us