समाचार

भोलि उपस्थित हुने गरी अख्तियारले भट्टराईलाई छाड्यो

२०८२ जेठ ७ गते २१:३२

काठमाण्डू, ७ जेठ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सह-सचिव तीर्थराज भट्टराईलाई बिहीबार उपस्थित हुने गरी रिहा गरेको छ । भट्टराईलाई बिहीबार कार्यालय समयमा उपस्थित हुने सर्तमा छाडिएको अख्तियार श्रोतले जनाएको छ । सहसचिव भट्टराईलाई मानव तस्करसँगको सेटिङमा विभिन्न देशमा भ्रमण भिसामा मानिस पठाउने...

राप्रपालाई रास्वपाको जवाफः राजावादी आन्दोलनलाई सहयोग गर्न सकिँदैन

२०८२ जेठ ७ गते २१:०३

काठमाण्डू,७ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी आन्दोलनमा कुनै सहयोग गर्न नसकिने स्पष्ट गरेको छ । राजावादी दल राप्रपाले आन्दोलनमा सहयोग गर्न आग्रहसहित रास्वपालाई पत्राचार गरेको थियो । जवाफमा आफूहरुले कुनै सहयोग हुन नसक्ने बताएको रास्वपा सहप्रवक्ता मनिष झाले बताए । राप्रपाले राजतन्त्र...

पार्टी नेताको गोप्य भिडियो खिचेको आरोपमा रास्वपाका एक नेता कारबाहीमा

२०८२ जेठ ७ गते २०:५०

काठमाण्डू,७ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेतामाथि कारबाही गरेको छ । एक निर्वाचन क्षेत्रीय उपसंयोजकले पदाधिकारीमाथि पार्टी अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको सो पार्टीले जनाएको छ । गोप्य रुपमा पार्टी नेताहरुको भिडियो खिचेको अभियोगमा कारबाही गरिएको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए...

१० वर्षअघि त्रिपालकाण्डमा पनि जोडिएका थिए सहसचिव भट्टराई

२०८२ जेठ ७ गते १८:५६

काठमाण्डू, ७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डूबाट पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई पटकपटक विवादमा परिरहने निजामती कर्मचारी भएको खुलेको छ । उनीमाथि करिब एक दशकअघि नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग...

पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा मेरो फरक मत होइनः बास्कोटा

२०८२ जेठ ७ गते १७:५५

काठमाण्डू, ७ जेठ– सत्ता घटक दल एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको दाबी गरेका छन । आज (बुधबार) प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले प्रतिवेदनमा आफ्नो...

मानव तस्करी गिरोहसँग विमानस्थल अध्यागमनका प्रमुखको कनेक्सन !

२०८२ जेठ ७ गते १७:५०

काठमाण्डू, ७ जेठ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने अनुमान गरीएको छ । त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि बेरअधि मात्रै पक्राउ गरेको थियो । भट्टराईको मोबाइल समेत जफत गरेर...

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२ जेठ ७ गते १७:४२

काठमाण्डू, ७ जेठ– नवलपरासीको रामग्राम नगरपालिका–१ स्थित सुनवल परासी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१ का ५० वर्षीय लवकुश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । सुनवलबाट परासीतर्फ आउँदै गरेको लु १८ प २९४५...

सहकार्य गरेर अघि बढ्न रास्वपालाई राजावादीको प्रस्ताव

२०८२ जेठ ७ गते १७:३८

 काठमाण्डू, ७ जेठ– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकार्यको प्रस्ताव गरेको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेखेर सहकार्यको प्रस्ताव...

आफैं चढेको बसले ओर्लने क्रममा ठक्कर दिँदा बालिकाको मृत्यु, आमा घाइते

२०८२ जेठ ७ गते १७:३२

काठमाण्डू, ७ जेठ– गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ भने आमा घाइते भएकी छन । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । बुधबार दिउँसो...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा अख्तियारको छापा

२०८२ जेठ ७ गते १७:२७

काठमाण्डू, ७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मारेको छ । केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । थप विवरण आउन बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।...

गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

२०८२ जेठ ७ गते १७:२४

काठमाण्डू, ७ जेठ– गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन । उनलाई केहीबेर अघिमात्रै पक्राउ गरीएको प्रहरीले जानकारी दिएका छ । उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका थिए ।...

लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूको नोकझोक

२०८२ जेठ ७ गते १६:२१

काठमाण्डू, ७ जेठ– आज (बुधबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच नोकझोक चलेको छ । बुधबार समितिको बैठकमा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच केहीबेर नोकझोक चलेको हो । समितिको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us