समाचार

राजतन्त्रबारे देउवाको धारणा भन्दै प्रकाशित समाचारमा काँग्रेसको आपत्ति

२०८२ जेठ ८ गते २०:५७

काठमाण्डू, ८ जेठ- कांग्रेसले सभापति शेरबहादुर देउवाले राजसंस्थाबारे बोल्दै नबोलेको विषयबारे सञ्चार माध्यममा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले नबोलेको र नसोचेको विषयलाई प्रचारमा ल्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए । कसैले...

अवकाश नियुक्त खान सिंहदरबारमा सचिवहरुको देउसीभैलो, पत्रकारले फोटो खिचेपछि लजाएर मुख छोप्ने को हुन् ?

२०८२ जेठ ८ गते २०:२३

काठमाण्डू, ८ जेठ-मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरुले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था नराख्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई भेटेर दबाब दिएका छन् । अर्यालको नेतृत्वमा गएका एक दर्जन बढी सचिवले बिहीबार पहिला सभामुख घिमिरे र त्यसपछि अध्यक्ष दाहाललाई भेटेर...

ज्ञानेन्द्रले आफ्नै होटलमा भेला गरे राजावादी नेता

२०८२ जेठ ८ गते १९:५६

काठमाण्डू, ८ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाहले १५ जेठदेखि थाल्ने भनिएको राजावादी आन्दोलनको तयारी बैठक राखेका छन् । ज्ञानेन्द्र राजावादी नेताहरुसँग आफ्नै लगानीको सोल्टी होटलमा बिहीबार लन्च मिटिङ राखेका हुन् । बैठकमा संयुक्त जनआन्दोलन समिति संयोजक पूर्वपञ्च नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष...

इप्पानसँग घूस मागिएको विषयमा अख्तियारद्वारा धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठसँग बयान

२०८२ जेठ ८ गते १९:४६

काठमाण्डू, ८ जेठ-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बयानका लागि बोलाएको छ । जलविद्युत आयोजनाको साधारण सेयर (आइपिओ) जरी गर्न घूस मागिएको भन्ने विषयमा सोधपुछ गर्न आयोगले श्रेष्ठलाई टंगालस्थित कार्यालयमा बोलाएको हो । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, (इप्पान) ले सेयर...

रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

२०८२ जेठ ८ गते १८:०३

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा राखेको हो । लामिछाने...

कर्मचारीलाई रामहरिको जवाफः कुलिङ पिरियडमा बाख्रा चराउनुस् भनेको होइन

२०८२ जेठ ८ गते १७:४९

काठमाण्डू, ८ जेठ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन । विधेयकमा कुलिङ पिरियडको प्रावधान राखिएको र सो विषय समितिबाट निर्णय भइसकेको भन्दै उनले संसद्‌मा छिटो पठाउनुपर्ने बताएका छन ।...

रवि र छविका वकिलको बहस सकियो, सरकारी वकिलको अन्तिम चरणमा

२०८२ जेठ ८ गते १७:२७

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा उनीतर्फका अधिवक्ताहरू र जोशीतर्फका अधिवक्ताहरूले बहस सकिएको हो ।...

आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा

२०८२ जेठ ८ गते १७:१७

काठमाण्डू, ८ जेठ– पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन । आउटलुक इन्डियाका अनुसार, दिल्ली पुलिसले आईएसआईको स्लीपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्ने...

द्वन्द्वपीडितलाई केन्द्रमा राखेर काम गर्नूः मानव अधिकार आयोग

२०८२ जेठ ८ गते १७:११

काठमाण्डू, ८ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आग्रह गरेको छ । पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट रहेको बिहीबार सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन...

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

२०८२ जेठ ८ गते १७:०३

काठमाण्डू, ८ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्म घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक...

थाइल्यान्डबाट गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

२०८२ जेठ ८ गते १५:५२

काठमाण्डू, ८ जेठ– प्रहरीले थाइल्यान्डको गाँजाबाट लिएर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।...

सहकारीको ऋण नतिरेर फरार भएका कृष्ण अर्याल पक्राउ

२०८२ जेठ ८ गते १५:२७

काठमाण्डू, ८ जेठ– प्रहरीले सहकारीको ऋण नतिरी फरार भएका आरोपमा लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दिगो पर्यटन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us