थाइल्यान्डबाट गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १५:५२ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– प्रहरीले थाइल्यान्डको गाँजाबाट लिएर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् ।

उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानद्धारा बैंकबाट काठमाण्डू आएका थिए ।

उनले ल्याएको सुटकेशमा गाँजा भेटिएपछि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीलाई बुझाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us