समाचार

शव लिएर काठमाण्डू आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना हुदाँ ३ जना घाइते

२०८२ जेठ ८ गते १५:१९

काठमाण्डू, ८ जेठ– शव लिएर काठमाण्डू आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना हुदाँ ३ जना घाइते भएका छन । काठमाण्डू जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिएका छन ।...

रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु

२०८२ जेठ ८ गते १५:१४

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ । मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।...

लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन

२०८२ जेठ ८ गते १४:५६

काठमाण्डू, ८ जेठ– आज बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले जानकारी दिएका छन ।...

पाँचपोखरीमा मृत भेटियो मकुना

२०८२ जेठ ८ गते १४:४२

काठमाण्डू, ८ जेठ– झापाको बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । हिजो (बुधबार) दिउँसो भाले मकुना हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जानकारी दिएको छ । मृत मकुना (दाह्रा नभएको भाले हात्ती) अन्दाजी ५० वर्षको भएको अनुमान...

देउवाले ‘खुट्टा उचाल्ने’ संकेत पाएपछि पछि हटेका थिए ओली

२०८२ जेठ ८ गते १४:०८

काठमाण्डू, ८ जेठ– गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको खटपट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू दाबी छ । गभर्नरका लागि सत्तारुढ कांग्रेस र...

गभर्नर नियुक्ति सँगै ओलीको सत्तासंकट तत्काललाई टरेको हो ?

२०८२ जेठ ८ गते १४:०४

काठमाण्डू, ८ जेठ– गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको खटपट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू दाबी छ । गभर्नरका लागि सत्तारुढ कांग्रेस र...

यार्सा संकलन गर्न गएका एक युवकको लेक लागेर मृत्यु

२०८२ जेठ ८ गते १२:३६

काठमाण्डू, ८ जेठ– यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहरा रहेका छन । बोहराको बुधबार लेक लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा...

मासु पकाउँदा तेल भनेर डिजेल हाल्दा आगलागी, दुईजना घाइते

२०८२ जेठ ८ गते १२:२६

हेटौंडा, ८ जेठ– मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा बुधबार साँझ आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने वीरगन्जका सलाउदिन देवानकी छोरी १३ वर्षीया असिया खातुन घाइते भएकी प्रहरीले...

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

२०८२ जेठ ८ गते १२:२०

काठमाण्डू, ८ जेठ– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै ठगी गरेर फरार भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कन्चनपुरका ५२ वर्षीय लोकजन...

सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ

२०८२ जेठ ८ गते १२:०९

काठमाण्डू, ८ जेठ– प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नक्कली इन्स्पेक्टरलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा आफूलाई इन्स्पेक्टर बताउने २३ वर्षीय सुजन गिरी रहेको प्रहरीले जनाएको छ । भोजपुरको...

चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु

२०८२ जेठ ८ गते १०:१९

चितवन, ८ जेठ-चितवनको पहाडी क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा ५१ वर्षीय बिरू चेपाङ रहेका प्रहरीले जनाएको छ । बिरू भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गर्दा बाटोमै अचानक चट्याङ परेको थियो । चट्याङ लागेपछि ढलेका...

बाबुराम सबैभन्दा बुद्धि नभएका डाक्टरः प्रचण्ड

२०८२ जेठ ८ गते ८:५६

काठमाण्डू, ८ जेठ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन् । बुधबार रूकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा उनले मानिसहरुले बाबुरामलाई सबैभन्दा बुद्धि नभएका डाक्टरका रुपमा चिन्ने गरेको बताए । भट्टराईसँग पार्टी एकता सम्भव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us