
काठमाण्डू, ८ जेठ– गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको खटपट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू दाबी छ ।
गभर्नरका लागि सत्तारुढ कांग्रेस र एमाले दुवै दलले उम्मेदवार खडा गरेका थिए । साथै विभिन्न स्वार्थ समूहहरू पनि आफू अनुकूल गभर्नर नियुक्तिका लागि लबिइङमा थिए । यो विषय पेचिलो बन्दै जाँदा करिब २ तिहाइको सरकार नै धर्मराउन पुगेको थियो । गभर्नर प्रकरणकै कारण सरकार ढल्ने हो कि भन्ने अनिश्चितता र आशंका बढिरहेको थियो ।
कांग्रेस नेताहरूले त पार्टीले सिफारिस गरेअनुरुप गभर्नर नियुक्त नभएमा ओली नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने सभापति देउवामाथि दबाब बढाएका थिए । राष्ट्र वैंकको गभर्नर नियुक्ति प्रक्रियालाई लिएर भित्र भित्रै सत्ता परिर्वतनको खेल भएको समेत बताइन्छ । कांग्रेस नेताहरुले त गभर्नर आफ्नो पार्टीको कोटाबाट नियुक्त नभए एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको समेत स्रोत बताँछ ।
विश्व पौडेललाई गभर्नर नियुक्त गरेपछि तत्कालको सत्तासंकट त टरेको देखिन्छ, तर यसले अबको राजनीति कता मोडिन्छ भन्ने अनिश्चितताको बादल हटेको छैन । पछिल्लो केहि समय यता कांग्रेस नेताहरु ओली नेतृत्वको सरकरसँग सन्तुष्ट छैनन् ।
विशेषगरी कांग्रेसका सस्थांपन इतर पक्षका नेता हरु ओली सरकारसँग असन्तुष्ट रहेको चर्चा छ । कांग्रेस नेता शेखर कोइरालाले त सार्वजनिक रुपमानै कांग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको समेतका अभिव्यक्ति दिएका थिए । यस्तै कांग्रेस महामन्त्री गगन थापा वर्तमान सत्ता गठबन्धनको सत्ता संयन्त्रको सदस्य रहे पनि उनी निष्क्रिय जस्तै छन । उनी पछिल्लो केहि समय यता संयन्त्रको बैठमा समेत उपस्थित भएका छैनन् ।
प्रधानमन्त्री ओली र महामन्त्री थापाबीच सार्वजाकि रुपमै घोचपेच भनाभनको अवस्था सिर्जना भएको थियो । महामन्त्री थापाले गभर्नर नियुक्तिको बिषयमा लिएर प्रधानमन्त्रीको बेडरुम सम्मै बिचहुलिया पुग्ने गरेको भन्दै दिएको अभिव्यक्ति लाई प्रधानमन्त्री ओलीले पुष्टि गर्न चुनैती समेत दिएका थिए ।
गभर्नर नियुक्तिः तत्कालको लागि टर्यो संकट
गभर्नर नियुक्ति नेपालको राजनीतिक सन्दर्भमा सधैं गम्भीर विवादको विषय बन्ने गरेको छ । तर यसपटक यसको प्रकृति फरक थियो । कारण– यो केवल एक पदपूर्तिको विषय थिएन, यो सत्तारुढ दलहरूबीचको शक्ति सन्तुलनको संघर्षको प्रमुख कारण थियो । सुरु देखि नै कांग्रेसले आफ्नो कोटाबाट गभर्नर नियुक्त गर्न सरकारलाई दबाब सिर्जना गरेको थियो ।
एमालेले पनि आफ्नै पार्टीको अर्थमन्त्री र प्रधानमन्त्री रहेकाले गभर्नर आफुहरुले नै स्वभाविक रुपमा पाउनुपर्ने भन्दै गभर्नरमा आफ्नो दाबी छाडेन । उसो त प्रधानमन्त्री ओली पनि कांग्रेसलाई गभर्नर दिने पक्षमा सुरु देखि नै सकारात्म नभएको बताइन्छ । तर कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भएको भेटर्वातामा सभापति देवाले गभर्नरमा आफ्नो दलले नपाए सत्ता समिकरण अधि बढ्न नसक्ने भन्दै अभिव्यक्ति दिए पछि ओली कांग्रेसलाई गभर्नर छाड्न लचिलो भएको स्रोतको दाबी छ ।
सुरुमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गर्भनर बनाउ सहमति भएको थियो । देउवाले त भट्टलाई बाधाई सँगै राम्रो सँग कार्यभार सम्हालन निर्देशन दिएको समेत बतान्छ । तर ओलीले भने नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिानालाई पहिले नै बचन दिएकाले भट्लाई नियुक्त गर्ने पक्षमा थिएनन् । प्रधानमन्त्री ओली ढुङ्गानालाई नै राष्ट्र बैंकको गर्भनर बनाउने पक्षमा रहेका थिए ।
उसो त ढुङ्गानाले पनि आफुले प्रधानमन्त्री ओलीबाट नै बचन पाइसकेकाले कुनै पनि हालतमा गभर्नर छाड्ने पक्षमा थिइनन् । कामु गभर्नर डा. तिम्सिनाले नै कार्यकारी निर्देशक डा.भट्टको राजीनामा स्किृत गरिनन् । यसले गर्दा गभर्नर नियुक्ति प्रक्रियानै लम्भियो । यो सँग काग्रेसले आफ्नो भागमा गभर्नर नपर्ने भएपछि सरकार परिर्वतनको सङ्केत सुरु गर्यो ।
अन्ततः ओली पनि भट्ट बाहेक कांग्रेस कोटबाट गभर्नर बनाउन सकारात्मक भएको बताइन्छ । यो कांग्रेसले डा. विश्वनाथ पौडेललाई अधि सार्याे यसरमा ओली पनि सकारात्म भए । यो सँगै राष्ट्र वैंकले दूई महिनाको लामो पतिक्षा पछि १८ गभर्नरको रुपमा डा. पौडेललाई पायो ।
तर १८ औँ गभर्नर बन्न कांग्रेस र एमाले बाट आकाक्षिं हरुको भने लर्काे लागेको थियो । अन्ततः पौडल बाजी मार्न सफल भएका हुन । यसबीचमा विभिन्न स्वार्थ समूहहरूको हस्तक्षेप, दवाब र लबिइङले विषयलाई जटिल बनायो।
देउवाले ‘खुट्टा उचाल्ने’ संकेत पाएपछि पछि हटे ओली
कांग्रेस सभापति देउवाले गभर्नर नियुक्त छिटो गर्न प्रधानमन्त्री ओलीलाई पटक–पटक ताकेता गर्दा पनि ओली टसमस भएका थिएनन् । तर, पछिल्ला दिनमा देउवा कडा रूपमा प्रस्तुत भएपछि ओली पछि हटेका हुन् । सोमबार प्रधानमन्त्रीले सभापति देउवालाई भेट गर्न चाहेका थिए र साँझ गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए । तर, गभर्नर नियुक्ति नहुने भए आफूले भेट नदिने अडान राख्दै देउवा प्रधानमन्त्रीलाई भेट्न गएनन् । यसबाट झस्किएका ओलीले मंगलबारको भेटमा कांग्रेसले भनेकै पौडेललाई गभर्नर बनाउन तयार रहेको बताएपछि विषयले निकास पाएको हो ।
यद्यपि कांग्रेसका नेताहरूले भने प्रधानमन्त्री ओलीप्रति अझै पनि आशंका कायमै रहेको बताए । एक नेताले सहजै हुन सक्ने गभर्नर नियुक्ति प्रधानमन्त्री ओलीकै निर्देशनमा जटिल बनाइएको भन्दै यो विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । ‘फेरि पनि प्रधानमन्त्रीबाट अवरोध हुने रहेछ भन्ने कांग्रेसले ज्ञान पाएको छ । हामी प्रधानमन्त्रीको गतिविधिप्रति सचेत छौँ,’ उनले भने ।
शक्ति सन्तुलनको राजनीति र देउवाको सन्देश
देउवाले ओलीलाई ‘राजनीतिक मेसेज’ दिन सफल भएका छन् । यो मेसेज स्पष्ट छ — कांग्रेस सत्ताको साझेदार मात्रै होइन, निर्णायक मोडमा सरकार नै फेर्न सक्ने हैसियत राख्छ।
यही हैसियतको प्रयोग गर्दै देउवाले गभर्नर नियुक्तिमा आफ्नो भनाइ लागू गराएका छन् । तर, कांग्रेसभित्र गहिरो सन्देह छ — ओलीले फेरि पनि यस्तै विषयलाई प्रयोग गरेर गठबन्धन असहज बनाउनेछन्।
एक कांग्रेस नेताले भने, “प्रधानमन्त्रीबाट सहजै हुन सक्ने कुरा पनि जटिल बनाइयो। हामीले बुझ्यौं — अवरोध सधैं प्रधानमन्त्रीबाटै आउँछ।” यसले गठबन्धनमा रहेको विश्वास संकट अझ बलियो बनाएको छ।