
काठमाण्डू, ८ जेठ– प्रहरीले सहकारीको ऋण नतिरी फरार भएका आरोपमा लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दिगो पर्यटन सहकारी संस्था लिमिटेको कर्जा लिएर नतिरेको पाइएको प्रहरीले बताएको छ ।
उक्त कसुरमा २७ असार २०८० मा उनीविरुद्ध साढे ११ लाखको बिगोको फैसला सुनाइएको थियो । तर उक्त बिगो नतिरेकाले १ वर्ष कैदमा राख्नु भन्ने अदालतको पत्र रहेकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।