काठमाण्डू, ७ जेठ– पूर्व अर्थमन्त्री समेत रहेका एमाचले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएका छन् । मंगलबार कांग्रेसको नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो सुझाव दिएका हुन । उनले...
चितवन, ७ जेठ– चितवनमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । भरतपुर महानगरपालिका–१४ की १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । पीडितको जाहेरीका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले गत वैशाख २५ गते साँझ साथीले...
चितवन, ७ जेठ– चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार महतो...
काठमाण्डू, ७ जेठ– नागढुंगा–नौबिसे सडकखण्डको विस्तार तथा सुधार कार्यका लागि आगामी १० जेठदेखि २५ गतेसम्म प्रत्येक दिन साढे ४ घण्टा सवारी आवागमन रोकिने भएको छ । निर्माण कार्य प्रभावकारी बनाउन अब रातसँगै दिनको समयमा पनि सडक बन्द गरिने निर्णय लिइएको हो । काठमाण्डू उपत्यकाबाट...
सर्लाही, ६ जेठ- सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ । प्र३-०२-००६प ७८६८ र बा५६प५२६ नम्बरको मोटरसाइकल बागमती नगरपालिका-४ जिरायत बजारस्थित भित्री सडक खण्डमा मंगलबार अपराह्न ४ बजेको समयमा आपसमा ठोक्किएका थिए । मृत्यु हुनेमा रौतहट बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र...
जनकपुर, ६ जेठ- धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकले ज्यान गुमाएका छन् । कमला नगरपालिका-२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक रामबाकुका भाई श्यामबाबुका छोरा ५ वर्षीय रितिश साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । १५ दिनअघि सडक...
काठमाण्डू, ६ जेठ- नेकपा एकीकृत समाजवादीका सांसद् कृष्णकुमार श्रेष्ठले समयमै पुल निर्माण नगर्ने ठेकेदारलाई खोलामा गाड्ने चेतावनी दिएका छन् । बाराको पर्सौनी र कलैयालाई जोड्ने बंगरी नदीमाथि निर्माणाधीन पुल निर्माणकार्य १५ दिनभित्र नसके ठेकेदारलाई खोलामै गाड्ने चेतावनी दिएका हुन् । सांसद श्रेष्ठ सडक डिभिजन...
काठमाण्डू, ६ जेठ- सर्वोच्च अदालतले राष्ट्रि य स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखेको छ । लामछिनेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाई भएको हो । यसअघि पटकपटक हेर्न नमिल्ने इजलासमा परेपछि सुनुवाई सर्दै...
काठमाण्डू, ६ जेठ- सरकारले अर्थविद एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्रबैंकको १८औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय...
काठमाण्डू, ६ जेठ– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । आफूलाई कार्यालय प्रवेश गर्न खोज्दा रोकेको विषयमा गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका हुन् । पाण्डेलाई ७ दिनभित्र त्यसको कारणसहित जवाफ दिन भनेका छन् । गुरागाईं २१...
दाङ, ६ जेठ– दाङ—एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार नढल्ने दाबी गरेका छन् । गृहजिल्ला दाङको तुलसीपुरमा मंगलबार आयोजित एक कार्यक्रममा पोखरेलले वर्तमान सत्ता गठबन्धन ०८४ सालसम्मै टिक्ने दाबी गरे । सरकार ढाल्न पाए मुलुकमा अराजकता ल्याउन सकिन्थ्यो कि भनेर केही राजनीतिक शक्ति लागिपरेको...
कपिलवस्तु, ६ जेठ– कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्युतीय कारोबारसम्बन्धी कसुरमा चौधरीलाई पक्राउ गरिएको जनाएको छ । चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले गत १ जेठ मा पक्राउ पुर्जी जारी गरेको थियो । चौधरीलाई इलाका प्रहरी...