काठमाण्डू महानगर प्रहरी प्रमुख पाण्डेसँग सोधियो स्पष्टीकरण

काठमाण्डु टुडे २०८२ जेठ ६ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।
आफूलाई कार्यालय प्रवेश गर्न खोज्दा रोकेको विषयमा गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका हुन् । पाण्डेलाई ७ दिनभित्र त्यसको कारणसहित जवाफ दिन भनेका छन् । गुरागाईं २१ चैतमा काठमाण्डूकी उपप्रमुख सुनिता डंगोल र एमाले सम्वद्ध कर्मचारीको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । त्यसअघि काठमाण्डूका मेयर बालेन्द्र साह (बालेन) ले गुरागाईंलाई निलम्बन गरेका थिए । तर, सरकारले फेरि गुरागाईंलाई नै कार्यकारी बनाएर पठाएपछि साहले पाण्डेमार्फत उनलाई कार्यालय प्रवेशमा रोक्न खोजेका थिए । तर, पछि पाण्डेले कार्यकारी अधिकृत गुरागाईंलाई भेटेर माफी मागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us