समाचार

ओली कुरेको कुर्यै, देउवा गएनन् बालुवाटार

२०८२ जेठ ५ गते २१:५२

काठमाण्डू, ५ जेठ- राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रक्रिया थप चेलियो बन्दै गएपछि सत्तारुढ काँग्रेस र एमालेबीच दूरी बढेको छ । सोमबार अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले गभर्नरको नाम टुंगो लगाउने र साँझ मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको निर्णय गर्ने सहमति दुई दलका शीर्ष नेतृत्व तहमा...

पृथ्वीनारायणसँग तुलना गर्दै मोहन बस्नेतले भनेः दुवै खुट्टामा रातो कोठी छ, जहाँ टेक्छु, त्यो मेरै हुन्छ

२०८२ जेठ ५ गते १९:११

सिन्धुपाल्चोक, ५ जेठ– भ्रष्टाचार आरोपमा निलम्बित काँग्रेस सांसद मोहनबहादुर बस्नेतको सिन्धुपाल्चोकमा धुमधाम स्वागत भएको छ । बस्नेतविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । बस्नेतलाई गाडी र...

ओली र देउवालाई भ्रष्टाचार मुद्धामा पक्राउ गर्ने तयारीमा थिए प्रचण्ड !

२०८२ जेठ ५ गते १८:५७

काठमाण्डू, ५ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार मुद्धामा बालकोट र बुढानीलकण्ठलाई पनि नछाड्ने भएपछि रातारात सरकार ढालिएको बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानका सिलसिलामा जाजरकोटमा सोमबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचार प्रकरणमा कारबाही हुने बुझेपछि बालकोट...

सरकारमा छौं, तर काँग्रेसभित्र उकुसमुकुस र छटपटाहट छः गगन थापा

२०८२ जेठ ५ गते १८:४३

काठमाण्डू, ५ जेठ– कांग्रेस महामन्त्री गगन थापाले काँग्रेस संघ, प्रदेश र स्थानीय तह सबैतिरका सरकारमा भएर पनि कतै नभएजस्तो अवस्था आएको बताए । बीपी कोइरालाको जीवनकथामा आधारित पुस्तक ‘सान्दाजु’ को लोकापर्ण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले निर्वाचनबाट ठूलो पार्टीका रुपमा स्थापित भएको काँग्रेसले बनाएको...

गभर्नरमा कुरा नमिलेपछि रोकियो मन्त्रिपरिषद् बैठक, ओली र देउवा छलफलमा

२०८२ जेठ ५ गते १८:३२

काठमाण्डू, ५ जेठ– सत्तारुढ काँग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा कुरा नमिलेपछि सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक अधिकारीले सोमबार साँझका लागि तय भएको मन्त्रिपरिषद्को नियमित बैठक स्थगन भएको पुष्टि गरे । काँग्रेस–एमालेबीचको विवादले लामो...

प्रधानमन्त्री ओलीको निर्देशनः गणतन्त्र दिवस तयारी समितिबाट बालेनलाई हटाउनू

२०८२ जेठ ५ गते १७:२३

काठमाण्डू, ५ जेठ– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) गणतन्त्र दिवस मूल समारो तयारीसम्बन्धी बैठकमा सहभागी नभएकामा प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका छन् । ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बालेन सहभागी भएका थिएनन् । आगामी १५ जेठमा आयोजना हुने...

डिएसपीले चलाएको गाडीद्वारा सांसदहरु सवार गाडीलाई ठककर, चार सांसद घाइते

२०८२ जेठ ५ गते १६:५३

तिस्बर सौजन्यः मैया श्रेष्ठ विराटनगर, ५ भदौ– नेपाल प्रहरीका नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीले कोशी प्रदेशका सांसदहरु सवार गाडीलाई ठक्कर दिएको छ । डिएसपी खड्काले चलाएको बा५च३५३० नम्बरको निजी कारले बी–एई–१४०६ नम्बरको सांसदहरु सवार गाडीलाई सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा ठक्कर...

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ जेठ ५ गते १५:०५

काठमाण्डू, ५ जेठ– राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर भएको हो । आर्थिक वर्ष ०७५–०७६ मा...

तीनकुनेको घटना अपराधकर्म हो, धर्मसँग जोडेर नहेरौँः गृहमन्त्री

२०८२ जेठ ५ गते १४:२१

काठमाण्डू, ५ जेठ– गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजधानीको तीनकुनेमा भएको घटना हिंसात्मक भएको प्रतिक्रिया दिएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । लेखकले भने, ‘तीनकुने घटनाको आगजनी र हिंसा...

अफिमसहित दुई जना पक्राउ

२०८२ जेठ ५ गते १४:०५

काठमाण्डू, ५ जेठ– प्रहरीले काठमाण्डू महानगरपालिका–१६ स्थित पकनाजोलबाट लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेको प्रहरीले जानकारी दिएको छ । आरोपीहरुको साथबाट आइतबार १ हजार...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

२०८२ जेठ ५ गते १३:५८

काठमाण्डू, ५ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको पनि...

मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छः प्रचण्ड

२०८२ जेठ ५ गते १३:५४

काठमाण्डू, ५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन । आज (सोमबार) दैलेखको भगवतीमाई गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us