समाचार

‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’

२०८२ जेठ ५ गते १३:३६

काठमाण्डू, ५ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो बताएकी हुन । उनले सत्तामा रहेका कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने...

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

२०८२ जेठ ५ गते १३:३१

काठमाण्डू, ५ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश...

अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग

२०८२ जेठ ५ गते १३:२६

काठमाण्डू, ५ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन आग्रह गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद केसीले यस्तो बताएका हुन । उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस...

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट

२०८२ जेठ ५ गते १३:१९

काठमाण्डू, ५ जेठ– प्रधानमन्त्री केपी शर्माओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेका छन । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाण्डूस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी...

कानुन नबनाई महिला कामदार बाहिर पठाउन हुँदैनः खतिवडा

२०८२ जेठ ५ गते १३:१५

काठमाण्डू, ५ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले कानुन नबनाई रोजगारीका लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो बताएका हुन । उनले श्रम मन्त्रालयका केही...

रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ

२०८२ जेठ ५ गते १२:२९

काठमाण्डू, ५ जेठ– रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–२ स्थित दिमीपोखरीमा दम्पतीलाई निर्घात कुटपिट गरेर एक जना युवकले सुनको गहना लुटेका छन् । वैशाख २९ मा मध्यराति पौने १२ बजेतिर सुरसुम्बा टोलमा बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उनकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई कुटपिट...

गभर्नर सिफारिस समितिको बैठक बस्दै

२०८२ जेठ ५ गते १२:०१

काठमाण्डू, ५ जेठ– आज (सोमबार) मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिएका छन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने

२०८२ जेठ ५ गते ११:५८

काठमाण्डू, ५ जेठ– आज (सोमबार) मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिएका छन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...

मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

२०८२ जेठ ५ गते ११:४७

काठमाण्डू, ५ जेठ– मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।...

रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा

२०८२ जेठ ५ गते ११:३६

काठमाण्डू, ५ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न मिल्ने न्यायाधीशको...

नाम्खा पहिरोबाट जोखिममा परेकाको उद्धारमा सरकार देखिएनः प्रचण्ड

२०८२ जेठ ५ गते ८:००

काठमाण्डू, ५ जेठ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा हिमपहिरोका कारण जोखिममा परेका स्थानीयलाई उद्धार तथा सुरक्षित बसोबास व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रभावित क्षेत्रमा ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहे...

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

२०८२ जेठ ५ गते ७:५१

विराटनगर,४ जेठ-मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहता रहेको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा कुकुरलाई जोगाउन खोज्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us