
काठमाण्डू, ५ जेठ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा हिमपहिरोका कारण
जोखिममा परेका स्थानीयलाई उद्धार तथा सुरक्षित बसोबास व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रभावित क्षेत्रमा ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहे पनि उक्त क्षेत्रमा सरकारको उपस्थिति नभएको कुराले झन् गम्भीर बनाएको बताएका छन् ।
प्रचण्डले प्रभावित क्षेत्रमा उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।